तारकेश्वरको वडावडामा राष्ट्रिय परिचय पत्र शिविर, ४ नं मा सम्पन्न, वडा १ नं दाङसिंङमा १८ गते बस्ने

बैशाख १४, २०८२ मा प्रकाशित | 333 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ४ को कार्यालय बुधसिंहमा राष्ट्रिय परिचय पत्र शिविर सम्पन्न भएको छ । प्रत्येक वडा वडामा गएर यसअघि बनाउन छुट भएका तथा बनाउन बाँकी रहेका पालिकाबासीलाई सेवा पुराउने गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)को चाहना अनुसार ४ नं बुधसिंहमा सम्पन्न भएसगैँ बैशाख १८ गते वडा नं १ दाङसिंङमा शिविर सञ्चालन गर्न लागिएको छ ।

यसअघि वडातहमा नै सञ्चालन गरिएको शिविरहरूमा फाराम भर्न छुटेका तथा फाराम भरेर पनि परिचयपत्र नं नपाएका सबैलाई समेट्ने गरी बिदाका दिनमा मिलाएर शिविर सञ्चालन गर्ने क्रममा बैशाख १८ गते वडा नं १ को दाङसिंङमा शिविर राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार शनिबार वडा नं ४ मा शिविर सम्पन्न भएको छ ।

योसगैँ पालिकामा रहेका ६ वटै वडामा शिविर राख्ने योजना अनुरुप प्रशासन कार्यालयसंग समन्वय गरेर अध्यक्ष अधिकारीले १८ गते वडा न. १ मा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अन्य दिन जनताको सेवा प्रवाह गर्नुपर्ने भएकाले सार्वजनिक बिदाको दिन राष्ट्रिय परिचय पत्र बनाउने शिविर चलाएर गाँउमै सेवा दिने लक्ष्य अनुरुप बैशाख १८ गते बिदाको दिन वडा नं १ को दाङसिंङमा शिविर राखिएको छ ।

गाँउपालिका अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्ता लगायत हरेक सरकारी तथा बैंकिङ सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको हुँदा अहिलेसम्म फाराम नभर्नुभएका सम्पूर्ण तारकेश्वरवासीले सक्कल नागरिकता सहित शिविरमा पुगी राष्ट्रिय परिचय पत्रको फाराम भराउनुहुन आह्वान गर्नुभएको छ ।

यसअघि लामो समय चलाइएको शिविरका बाबजुद ठुलो संख्यामा फाराम भर्न छुटेको पाइएको र विषेश गरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले जिल्ला पुगेर परिचय पत्र बनाउन निकै कठिन र झन्झटिलो हुने भएकाले गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मौका शिविर सञ्चालन गरेको हो ।

नुवाकोटमा यसअघि सबै पालिकाको वडातहमा शिविर चलेको थियो भने दोश्रो पटक पुनः शिविर सञ्चालन गर्ने तारकेश्वर गाँउपालिका मात्र रहेको छ । पालिका अध्यक्ष अधिकारीले पालिकाबासीलाई गाँउमै सेवा पुराउने उद्देष्य अनुरुप प्रशासन कार्यालयसंगको समन्वयमा वडातहमा नै दोश्रो पटक शिविर सञ्चालन गर्न सक्षम हुनुभएको हो ।

यसलाई मौकाको रुपमा लिएर कोही पनि नछुट्ने गरी सूचना प्रवाह गरी आवश्यक समन्वय गर्न र राष्ट्रिय परिचय पत्र बनाउने सेवा गाँउबाटै लिनको लागी अध्यक्ष अधिकारीले सम्बन्धि सबै वडाका वडाध्यक्ष तथा सम्बन्धित वडाका सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web