काठमाण्डौमा सर्वसाधारणलाई कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

बैशाख १२, २०८२ मा प्रकाशित | 339 views


काठमाडौँ । एक जना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् ।

चार जना प्रहरीहरुले एक जना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीले एक जना पुरूषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट घटना गएको मङ्सिर २३ गते सुन्धारामा रहेको आकाशे पुल मुनि भएको पाइएको छ । घटनबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web