बारुदखाना पुर्ननिर्माण र एकीकरण पार्क निर्माणको लागी प्रधान सेनापतीलाई निवेदन

बैशाख ११, २०८२ मा प्रकाशित | 481 views


नुवाकोट । नेपाली सेनाले निर्माण गरेको देशकै पहिलो बारुदखानाको पुर्ननिर्माण एंव संरक्षणको लागी विदुर नगरपालिकाले चासो देखाएको छ ।

विदुर नगरपालिका वडा नं २ मा अवस्थित रहेको उक्त ऐतिहासिक स्थलको केही दिन अघि विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले अवलोकन गरे पश्चात नेपाली सेनाले देशमै पहिलो पटक निर्माण गरेको बारुदखानाको नेपाली सेना मार्फत पुर्ननिर्माण गर्नु उचित हुने भएकाले जिल्ला स्थित नेपाली सेनाको प्रमुखहरुलाई समेत लगेर उहाँले अवलोकन गराउनुभएको थियो ।

बारुदखाना पुर्ननिर्माणको लागी विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रधान सेनापतीलाई बुझाउनुभएको निवेदनको व्यहोरा यस्तो छ ।

त्यसपश्चात नगरप्रमुख श्रेष्ठले नेपाली सेनाको प्रधान सेनापती महारथी अशोकराज सिग्देलसंग फोन मार्फत आवश्यक सल्लाह लिएर त्यस पश्चात बिहीबार नेपाली सेनाको जंगिअड्डा काठमाडौ स्थित प्रधान सेनापतीको कार्यकक्षमा नै भेट गरेर बारुदखाना र ‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’को निर्माणमा नेपाली सेनाको भूमिका खोज्दै ध्यानाकर्षण सहितको निवेदन बुझाउनुभएको हो ।

‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’को निर्माणको लागी विदुरका नगरप्रमुख श्रेष्ठले प्रधान सेनापतीलाई बुझाउनुभएको निवेदनको व्यहोरा यस्तो छ ।

विदुर नगरपालिकाको तर्फबाट सैनिक ईतिहाससंग जोडिएको ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा नगरप्रमुख श्रेष्ठले देखाएको चासोलाई प्रधान सेनापती सिग्देलले उच्च प्रशंसा गर्दै पुरातत्व विभागसंगको सहकार्यमा पुर्ननिर्माण अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

विदुर–२ स्थित तीनधारा हिटीको पश्चिततर्फ रहेको बारुदखाना विसं. १८०१ मा नुवाकोटबाट पृथ्वीनारायण शाहको सैनिक फौजले बिजयी हासिल गरे पश्चात निर्माण गरेको भन्ने इतिहास पाइएको छ ।

नेपाली सेना मार्फत देशमा नै पहिलो पटक स्थापना गरिएको विदुर–२ मा अवस्थित बारुदखाना । हाल खण्डहर अबस्थामा रहेको छ ।

नेपाली सैनिकको लागी ईतिहास बोकेको बारुदखाना हाल खण्डहर अबस्थामा रहेको छ । सोही बारुदखानाको संरक्षण, पुर्ननिर्माण सहित प्रर्बद्धन गर्नको लागी विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रधान सेनापती समक्ष ध्यानाकर्षण सहितको निवेदन बुझाउनुभएको हो ।

विदुरका नगरप्रमुख श्रेष्ठले बारुदखानासगैँ सोही स्थान नजिकै पर्ने वडा नं २ स्थित महामण्डल कुवापानीमा ‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’ निर्माणको लागी ध्यानाकर्षण सहितको निवेदन प्रधान सेनापतीलाई बुझाउनुभएको छ ।

विदुर नगरपालिका वडा नं २ स्थित महामण्डल कुवापानीमा ‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’को प्रस्तावित निर्माण स्थल ।

नगर प्रमुखले बुझाएको निवेदनमा उक्त स्थानको ऐतिहासिक महत्व, पार्क निर्माणको आवश्यकता, पार्क निर्माणको लागी जिल्लाका सरोकारवालाहरुबाट भएको निर्णय सहितको निवेदन बुझाउनुभएको हो । उक्त कार्यको लागी पनि नेपाली सेनाको प्रधान सेनापतीले सकारात्मक रुपमा लिदै आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web