दोधारा चाँदनीमा प्रयाप्त छैनन् उद्धार सामग्री

साउन १७, २०७३ मा प्रकाशित | 941 views

पप्पु गुरुङ्, १७ साउन / दोधारा चाँदनी । ईलाका प्रहर ी कार्यालय दोधारा चाँदनीमा लाइफ ज्याके ट २५ थान, डोरी , केही ट्यूव र  बेल्चा छ्न्  । यी सामान विपत् पर्दा तत्काललाई उद्धारका लागि प्रयोग गरिने  सामान हुन् । यस्तै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी संग २० थान लाइफ ज्याके ट, डोरी , केही ट्यूव र  बेल्चा  छन् । बिपद्को बेला दोधारा चाँदनीको हकमा यो उद्धार सामग्री प्रयाप्त भने हैन् । यी सामग्रीले  एक ठाउँमा हुने  विपत् ब्यवस्थापन गर्न पुग्न सक्ने  तर  ठूलै  विपत् परेमा उद्धार  सामग्रीको  अभाव हुनेछ । “तत्काललाई हुने  विपत् न्यूनीकर ण गर्न सकिन्छ’– स्थानियहरु भन्छन् – “ठूलै  विपत् पर्‍यो  भने  यो  सामानले  पुग्दैन ।” साउने  झरी शुरु भएको  छ । दोधारा चाँदनी कुतियाकवर, बैतिफाँटा, शान्तिटोल, १८ नंम्बर पिल्लर गाँउ, सुन्दरनगर, बडुवाल टोल, लठ्ठाघाट लगाएतका क्षेत्र बाढीको  उच्च जो खिमको  क्षेत्र हो  । दोधारा चाँदनमा रहेका महाकाली र जगबुडा नदी तथा नालाका कारण बढी वस्तीहरु बाढीको  उच्च जो खिममा छन् । बाढी वस्तीमा पसिहाल्यो  भने  नागरिकहरुलाई उद्धार  गर्ने  सामग्री जिल्लामा कति छ ? विपत् पूर्व तयारी तथा प्रतिकार्य यो जना, २०७२ मा उल्ले ख गरिएका उद्धार  सामग्रीको  तथ्यांक हेर्दा जिल्लामा विपत् व्यवस्थापनमा चाहिने  सामग्री प्रयाप्त छै न । उद्धार  सामग्री प्रयाप्त नभए पनि सम्भावित विपत् हुने  क्षेत्रको  पहिचान गर ेर  सुरक्षा निकाय र  अन्य संघ संस्था उद्धारका लागि तयारी अवस्थामा छन् । दोधारा चाँदनीमा बिभिन्न संघ सस्थाले विपत् व्यवस्थापनमा कार्य गरेको कागजी घुर्की दिएपनि काम भने न्युन दखिएको स्थानियहरु बताउछन् । योजना अनुसार  विपत् ब्यवस्थापनको  जिम्मेवारी बाँडफाँड गरिएको  छ । विपत् ब्यवस्थापन गर्न र  बाढीमा फसेकाहरुको  उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र  जिल्ला प्रशासन कार्यालय संग उद्धारका सामग्रीहरु रहेका छन् । तर महेन्द्रनगर सदरमुकामबाट दोधारा चाँदनीमा बाढीमा फसेकाहरुको  उद्धार जान घण्टौ लाग्छ् । भएका उद्धार मा प्रयोग हुने  सामग्रीहरु सुरक्षा निकायका कार्यालयमा राखिएको  छ । त्यसैले तुरुन्तै उद्धार गर्न सुरक्षाकर्मीलाई पर्खनु पर्ने अवस्था छ् । दोधारा चाँदनीको  हकमा नेपाली सेना, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयमा सामग्रीहरु राखिएको  छ । बाढी आउदा बित्तिकै  उद्धारमा प्रयोग हुने  सामग्रीहरु सहज पहुचमा राख्नु पर्ने  स्थानिय किशोर कुमार लिम्बुले  बताउनुभयो  । “विपत् ब्यवस्थापन एक्लै  हुन सक्दैन, समुदाय, संघ संस्था, सुरक्षा निकाय र  प्रशासनको  बीचमा समन्वय हुन आवश्यक छ्”– उहाँले  भन्नुभयो – “दोधारा चाँदनीमा रहेका  उद्धार  सामग्री थोर ै  छ, यसको  संख्या बढाउन र  सबैको  पहुचमा राख्न जरुरी छ ।” सम्भावित विपद्को  जोखिम बढे  लगत्तै  नजिकको  प्रहरी चौकी, र सशस्त्र प्रहरी या सिधै  प्रशासनमा खबर  गर्न प्रहरीले  आग्रह गरेका छन् । “विपत भनेर  या सोधेर  आउदैन् विपतबाट हुने  क्षति कम गर्न सकिन्छ”– लिम्बुले  भन्नुभयो – “विपतको  खतरा बढे  संगै  समन्वय गरौं, सुरक्षा निकाय अलर्टमा हुन्छ ।” दोधारा चाँदनीमा शुक्ला फाँटा एफएम र सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई बाढीमा उद्धारका लागी लाईफ ज्याकेट प्रदान गरेको बाहेक थप उद्धारका सामग्री कसैबाट प्राप्त नभएको बताईएको छ् । तटिय क्षेत्रका बासिन्दालाई बिपद्बाट बचाउन दोधारा चाँदनीमा युरोपियन नियोग र अस्ट्रेलियन बिकास संस्थाको आर्थिक सहयोगमा केयर नेपाल र ह्याण्डी क्याप ईन्टरनेसनलको साझेदारीमा एनएनएस डब्लुएले बिस्तार–२ परियोजनाले सरोकारवालालाई नसमेटेर केटाकेटी तथा बालबालिका संग अर्थहिन कार्यक्रम गरेको स्थानियहरुको आरोप छ् । एनएनएस डब्लुएको बिस्तार–२ परियोजना तिन प्रकारका कार्यदल गठन गरि कार्य गर्दै गरेपनि उद्धारको सामग्री सरोकारवालालाई सहयोग नगरेको स्थानियहरु बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web