चीनमा निजी क्षेत्रको व्यवसायमा उल्लेखनीय वृद्धि

बैशाख ९, २०८२ 2025-04-22 मा प्रकाशित
Published at 2025-04-22

130 views

काठमाडौँ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ अर्थात यो वर्षको मार्चसम्म चीनमा पाँच करोड ७० लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२ दशमलव ३ प्रतिशत हो ।

वर्षको पहिलो त्रैमासिकमा मात्रै १९ लाख ९९ हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो । तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसायहरू प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनवरीदेखि मार्चसम्म दुई लाख ७४ हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३ दशमलव ९ प्रतिशत हो ।

चीन सरकारले नीति, कानून तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ । यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.