देशको पहाडी भागमा हल्का पानी पर्ने

बैशाख ७, २०८२ मा प्रकाशित | 276 views


काठमाडौँ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने र देशका अन्य ठाउँको मौसमसफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागमा र बाँकी भू–भागको एक दुई ठाउँमा मेघगर्जन चट्टयाङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसूनको समय भएकोले मौसम पूर्ण रूपमा सफा पनि नहुने र ठूलो पानी पर्ने सम्भावना पनि छैन ।

मौसममा हिजो अस्तिको तुलनामा आजदेखि क्रमिक सुधार हुदै जाने मौसमविद् झाले बताउनुभयो । आज काठमाण्डौमा पानी पर्ने सम्भावना छैन । भारतको आशाम, झारखण्डलगायत ठाउँबाट विकसित प्रणालीका कारण नेपालमा पानी पर्ने मौसमी प्रणाली सक्रिय भएको जल तथा मौसम पूर्वाअनुमान महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web