६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश

बैशाख ५, २०८२ मा प्रकाशित | 199 views


काठमाडौँ । सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिश गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त ६ एआईजीमा नायब महानिरीक्षक (डीआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसीलाई एआईजीमा सिफारिश गरेको हो ।

बढुवा सिफारिश भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा तथा कार्की, अधिकारी र केसी ०५४ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिश भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web