पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

बैशाख २, २०८२ 2025-04-15 मा प्रकाशित
Published at 2025-04-15

62 views

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.