२४ घण्टाभित्र नतिजा प्रकाशन गर्न अध्यक्ष अधिकारीको निर्देशन

बैशाख २, २०८२ मा प्रकाशित | 276 views


तारकेश्वर । तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षाको नतिजा २४ घण्टाभित्र प्रकाशन गर्न मातहतका विद्यालयहरूलाई निर्देशन दिनुभएको छ । 

नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भइसक्नुपर्ने समयमा पुरानो शैक्षिक सत्रको नतिजा नै प्रकाशित नहुँदा वर्षभरिको शैक्षिक कार्यतालिकामै गम्भीर असर पर्न सक्ने खतरा देखिएको भन्दै अध्यक्ष अधिकारीले आन्दोलन जारी रहँदा पनि न्यूनतम शैक्षिक क्रियाकलाप रोकिन नहुनेतर्फ सचेत रहन शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । 

अध्यक्ष अधिकारीले अटेरी गरी २४ घण्टाभित्र नतिजा प्रकाशन नगरे स्थानीय सरकार गम्भीर रूपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभएको छ । शिक्षकहरूको जायज मागप्रति समर्थन जनाउँदै अध्यक्ष अधिकारीले छिटोभन्दा छिटो शिक्षकहरूका माग सम्बोधन गरी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने वातावरण तयार गर्न सङ्घीय सरकार समक्ष आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web