गायक अशोक विष्टको ‘फर्कि आउन साथीसंगी’ सार्वजनिक

चैत्र ३१, २०८१ मा प्रकाशित | 862 views


नुवाकोट । पछिल्लो समय गीत संगीतको क्षेत्रमा उदयमान ताराको रुपमा चर्चित एंव लोकप्रिय सांगेतिक कोसेली पस्कदै आउनुभएका गायक अशोक बिष्टकोफर्कि आउन साथीसंगी हाम्रोमाटो रोहीसक्योभन्ने राष्ट्रियभावनाले ओतप्रोत भएको गीत चैत ३१ गते आइतबार अपरान्ह ४ बजे  OSR Movies Youtube Chanel बाट सार्वजनिक गरिएको हो ।

लामो समयदेखि बैदेसिक रोजगारीमा जान बाध्य भएका तमाम नेपाली यु्वा वर्गलाई लक्षित गरेरअब बिदेशमा श्रम गर्न पुग्यो, बिदेशको श्रमले हाम्रो नेपाल बाजो भइसक्यो, अब आफ्नै स्वदेशमाफर्कि आउ यहाँ केही गर भन्ने सन्देश गीतमा झल्कीएको

आफ्नो दर्शक माझ नयाँ वर्ष २०८२ सालको उपहार स्वरुप गायक बिष्टले बजारमा ल्याउनुभएकोयस गीतका शब्दकार गायक स्वयमः हुनुहुन्छ भने यस गीतलाई संगीतकार सरोज प्याकुरेलले दिनुभएको

प्रदिप श्रेष्ठद्धारा एरेन्ज गरिएको यस गीतको रेकर्डिङको कार्य भ्वाईस एकडेमीले गरेको । हिमाल, तराई, मधेश पहाड देशको तीनै भुभागलाई समेटेर यस गीतको छाँयाङ्कन रामकुमार प्याकुरेल गर्नुभएको

गायक अशोक विष्टको यस अघीको प्रेम गीतसानु तिमिले’ भन्ने बोलको गित निकै चर्चामाभएको थियो । पश्चिमी भाका शैलीमा तयार पारिएको उक्त गीत सार्वजनिक भएको दिनमै ५० हजार भन्दाबढी दर्शकहरुले हेर्नु भएको थियो

पेशाले राष्ट्रसेवक कर्मचारी रहनुभएका गायक अशोक बिष्ट अहिले नुवाकोटको लिखु गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । 

राष्ट्रसेवक कर्मचारीको रुपमा जनताको सेवा प्रवाह सरल एंव सहज बनाउनुपर्ने लक्ष्यको साथ लोकप्रिय रहनुभएका उहाँ साङ्गेतिक क्षेत्रमा गायन सहित रचनाकार पनि हुनुहुन्छ । 

मान्छे हामी, घातभित्र आघात, मत जिउदा जिउदै हारेको मान्छे, ‘सानु तिमिले’को अपार सफलता पश्चात उहाँले अहिले फर्किआउन साथी संगी उहाँको आफ्नै लय शब्दका गित रहेको छन् ।

Song Link :

https://youtu.be/kJTIRrSEJS0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web