नेपाल राष्ट्रिय शिक्षक संगठन, नुवाकोटको अध्यक्षमा दवाडी

चैत्र २९, २०८१ 2025-04-12 मा प्रकाशित
Published at 2025-04-12

337 views

नुवाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन, नुवाकोटको अध्यक्षमा राजेन्द्र दवाडी चयन हुनुभएको छ ।

शुक्रबार बट्टारमा आयोजित चौथौ अधिवेशनको शनिबार सम्पन्न निर्वाचन प्रक्रिया अन्तरगत सर्वसम्मत रुपमा त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको सहायक प्रधानध्यापक समेत रहनुभएका दवाडी अध्यक्षमा चयन हुनुभयो । उहाँ सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

संगठनको उपाध्यक्षमा कृष्णप्रसाद दाहाल र सुमित्रा पौडेल, सचिवमा हरिप्रसाद लामिछाने, सहसचिवमा दुर्गा भट्ट, कोषाध्यक्षमा दयाराम दहाल र सह–कोषाध्यक्षमा लक्ष्मी लामा चयन हुनुभयो ।

यस्तै, सदस्यहरुमा लिखुबाट दुर्गाबहादुर लामिछाने, म्यागङबाट फैछिरिङ तामाङ, विदुरबाट बसु सापकोटा, ककनीबाट दिवस श्रेष्ठ, सूर्यगढीबाट सुमन चालिसे, तादीबाट सरोज पाठक, तारकेश्वरबाट गोबिन्द अधिकारी र बेलकोटगढीबाट गोकुलबहादुर तिवारी चयन हुनुभएको छ । केही सदस्यहरु मनोनित गर्न बाँकी रहेको नवनिर्वाचित अध्यक्ष राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

यस्तै, खुला सदस्यहरुमा बुद्धिप्रसाद पुडासैनी, नवराज नेपाल, सुनिता ठकुरी सर्वसम्मत चयन हुनुभयो । सँस्थागत विद्यालयहरुको प्रतिनिधिको तर्फबाट रामशरण रिमाल चयन हुनुभएको छ ।

शुक्रबार देखि नै बन्दसत्र सुरु भएपनि सर्वसम्मतको प्रयास गर्दै शनिबार अपरान्हसम्म चलेको बन्दसत्रले निर्विरोध निर्वाचित नयाँ कार्यसमिति बनाएको हो ।

शिक्षकहरु आन्दोलनको क्रममा काठमाडौको सडकमा पछिल्लो दश दिनदेखि संघर्षरत रहेको समयमा चयन भएको नयाँ नेतृत्वले समग्र शिक्षकहरुको छाता सँस्था र अभिभावकीय संगठनको रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नुवाकोटको क्रियाकलापलाई अघि बढाउने नवनिर्वाचित अध्यक्ष राजेन्द्र दवाडीले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमालेको शुभेच्छुक संगठन हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.