शैक्षिक विकासमा सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुलको योगदानको प्रशंसा

चैत्र २३, २०८१ मा प्रकाशित | 360 views

महादेववेसीँ । धादिङको महादेवबेसीमा रहेको सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुलले चैत शनिवारका दिन अभिभावक दिवस मनाएको छ ।

विद्यालयका निर्देशक कपिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अभिभावक भेलाको प्रमुख आतिथ्यता थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको थियो ।

विश्वमा अस्वभाविक रुपमा बृद्धि हुदै गइरहेको तापक्रम (तापमान) को असर एंव प्रभावबाट सुरक्षित रहनुपर्ने सन्देश प्रवाहको लागी फूलको गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी र सभाध्यक्षबाट सयुक्त रुपमा गरिएको थियो ।

अभिभावक भेलालाई सम्बोधन गर्नुहुदै थाक्रे गाँउपालिका अध्यक्ष आचार्यले सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुलले बालबालिकाको मनोविज्ञानलाई बुझेर सोहि अनुसार शिक्षण पद्धति अपनाउदै शिक्षण सिकाई प्रभावकारी बनाउदै आएको भन्दै आगामी दिनमा अझै थप गुणस्तरीय शिक्षामा जोड दिन सुझाब दिनुभयो ।

औपचारिक र अनौपचारिक गरेर दुई सत्रमा सञ्चालन गरिएको कार्यक्रमको औपचारिक सत्र अन्तर्गत आसन ग्रहण, उद्घाटन, राष्ट्रपति रनिङ शिल्डको मार्शल आर्टतर्फको उसु खेलमा चारवटा गोल्ड मेडल र दुई वटा सिल्भर मेडल ल्याउन सफल विद्यार्थीलाई प्रमुख अतिथि मार्फत सम्मान कार्यक्रम गरिएको थियो । सोही औपचारिक सत्रमा अतिथीहरुबाट मन्तव्य सहित विद्यालयको शैक्षिक सुधारमा पुराउदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै थप गुणस्तरीय शिक्षा प्रवाहको लागी सुझाब दिएका दिएका थिए ।

थाक्रे गाँउपालिका–११ मा अवस्थित सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुल निजी क्षेत्रबाट सञ्चालित उक्त क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुराउदै आइरहेको छ । विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा अन्तरगत व्यावाहारिक शिक्षा, विभिन्न रचनात्मक गतिविधि, विद्यार्थीको बृहत्तर दक्षता सुधारमा पुराउदै आएको योगदानले समुदायमा शिक्षाको विकासमा पुराएको योगदानको कार्यक्रममा सहभागीहरुले प्रशंसा गरेका छन् ।

विद्यालयका निर्देशक कपिल अधिकारीको अनुसार अनौपचारिक सत्र अन्तर्गत कक्षा एलकेजीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न रचनात्मक प्रस्तुतहरु प्रस्तुत गरेका थिए । उक्त सत्रमा विद्यार्थीहरुले नृत्य, गायन, संगित, नाटक लगायतका आ–आफ्ना प्रस्तुतीहरु देखाएका थिए ।

विद्यार्थीको शैक्षिक गुणस्तर सहित खेलकुद प्रतियोगिता, रचनात्मक गतिविधि लगायतका प्रतियोगितामा सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुलको योगदानलाई थप सुधारको लागी विद्यालय प्रशासनले नयाँ योजना सहित आगामी शैक्षिक सत्रको लागी विद्यार्थी भर्ना अभियान समेत सञ्चालनमा ल्याएको छ । 

उक्त विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन हुदै आएको छ । अहिले नर्सरीदेखि कक्षा आठ सम्मको लागी विद्यालयले भर्ना आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web