वायु प्रदूषणले काठमाडौंको भिजिविलिटी न्यून

चैत्र २२, २०८१ मा प्रकाशित | 271 views


काठमाडौँ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको भिजिविलिटी तीन किलोमिटर रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछन् । “अहिले बिहान काठमाडौंको भिजिविलिटी तीन किलोमिटर छ,” उनले भनिन्, “यो भिजिविलिटीले सामान्यतया विमान उडान र अवतरणमा समस्या पुर्‍याउँदैन ।”

घाम लागेर दिन छिप्पिँदै जाँदा भिजिविलिटी घट्दै जाने उनको भनाइ छ । यो नियमित प्रक्रिया हो ।

“हिजो दिउँसो काठमाडौंको भिजिविलिटी एक किलोमिटर थियो । केही दिन पहिला १५ सय मिटर थियो,” मौसमविद् मानन्धर भन्छिन्, “आज दिउँसो पनि यसकै हाराहारीमा हुन्छ ।”

वायु प्रदूषण उच्च हुँदा भिजिविलिटी न्यून हुँदै गएको छ । पछिल्लो साता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा अगाडि रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web