भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

चैत्र १५, २०८१ मा प्रकाशित | 304 views


काठमाडौँ । भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका चार जनाको गाडी दुर्घटना हुँदा ज्यान गएको छ । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी हिजो बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको खबर प्राप्त भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । गाडीमा नौ जना थिए । वडाध्यक्ष जिसीका अनुसार घाइते पाँच जनाको भारतमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web