कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले बुझाए बालेनलाई ज्ञापनपत्र

चैत्र १०, २०८१ मा प्रकाशित | 177 views


काठमाडौँ । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।

महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।

यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।

महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । प्रवक्ता मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरिएको हो ।

“तीन महिनादेखि कार्यपालिका बैठक बसेको छैन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अस्तव्यस्त बनेको छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरेका हौँ,” मानन्धरले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web