
नुवाकोट । तारकेश्वर-१ को दुईखोला दोभानदेखि ढाँड अर्चले हुँदै डाँडापारि ४ जोड्ने सडकको आज गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले उद्घाटन गर्नुभएको छ ।

वर्षौंअघि स्थानीयको चन्दा र श्रमदानमा खोलिएको यो सडकको ट्र्याक मेटिइसकेको अवस्थामा दुई महिनाअघि अध्यक्ष अधिकारीले स्थलगत निरीक्षण गरी तत्काल स्तरोन्नति गर्न निर्देशन दिनुभएपछि गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ ट्र्याक खोली ग्राभेल सहित स्तरोन्नति गरिएको थियो ।

वडा नं १ को तल्लो भेगका ढाडाखर्क, चालिसे, तल्लोहिले, कात्तिके, खनालगाँउ लगायत थुप्रै गाउँ लाभान्वित हुने यो सडक बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति भएपछि स्थानीयहरू निकै उत्साहित भएका छन् ।





22.74¡ÆC