त्रिशूली अस्पतालमा एकसय जना ओस्टियोपोरोसिस बिरामीको निःशुल्क उपचार

चैत्र १, २०८१ मा प्रकाशित | 632 views


कोलनी । त्रिशूली अस्पताल, नुवाकोटमा ज्येष्ठ नागरिक र महिलाहरुको लागी सञ्चालन गरिएको दुईदिने ओस्टियोपोरोसिस (Osteoporosis) रोगको उपचार शिविर सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा एकसय जना बिरामीले स्वास्थ्य जाँच एंव निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पतलाका निर्देशक डा.राजेन्द्र लामाको अनुसार जाँच गराउन आएका बिरामीको ज्येष्ठ नागरिक र महिलाहरुको हड्डी कमजोर हुने, हड्डीको अबस्था कमजोर भएसगैँ सानो चोट, ठक्करबाट पनि हड्डी भाँचिने जोखिम बढाउने हुदाँ बिरामीहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराइएको हो ।

उहाँको अुनसार ओस्टियोपोरोसिस भएमा शरीको हड्डी शिथिल र कमजोर हुने गदर्छ भने नयाँ कोषिकाको निर्माण पनि आवश्यकता अनुसार हुन नसक्दा यसले हड्डी कमजोर बनाएर टुट्न दिने भएकाले लक्षण थाहाँ पाएमा उपचार मार्फत रोगको निधानको लागी सहयोग पुग्ने गरेको छ ।
आधुनिक जीवनशैली, जथाभावी खानपान, एकै स्थानमा लामो समयसम्म बस्ने बानी, व्यायामको कमी, अत्याधिक जंकफुडको सेवनले रोग लाग्न सक्ने भएकाले समयमै सजग हुन त्रिशूली अस्पतालका निर्देशक डा.लामाले अनुरोध गर्नुभयो ।

त्रिशूली अस्पतालले यही फागुन २८ र चैत १ गते दुई दिनसम्म सञ्चालित शिविरमा जाँच गराउन आएका बिरामीलाई अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले उपचारको क्रममा चिकित्सकबाट दिएको सुझाब अनुसार आफ्नो स्वास्थ्य प्रति सचेत रहन स्मरण गराउदै स्वास्थ्यमा कुनै समस्या भएमा आगामी दिनमा अस्पतालको नियमित सेवा अन्तरगतबाट समेत जाँच एंव परीक्षण सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा सेवा लिएका महिलाहरु र विशेष गरेर ज्येष्ठ नागरिकहरुको  ओस्टियोपोरोसिस (Osteoporosis) रोगको पहिचान, रोग लागेकाहरुको लागी उपचार तथा रोकथाम गरेर सेवा दिएसगैँ प्रत्यक्ष रुपमा बिरामीलाई लाभ पुगेको त्रिशूली अस्पताल आकस्मिक लेबोरेटरी इञ्चार्ज श्यामसुन्दर ओझाले जानकारी दिनुभयो । उहाँको अनुसार जाँच गराउन आएका बिरामीलाई अस्पतालबाट प्रवाह हुने आवश्यक सेवाहरु निःशुल्क प्रदान गरिएको छ । 

आगामी दिनमा पर्याप्त मात्रामा क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्न, कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन गर्न, नियमित व्यायाम तथा शारिरिक अभ्यास गर्न, धुमपान र मद्यमानको सेवन गर्नेहरुलाई छाड्नको लागी सुझाब दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web