डँढेलो र आगलागी जन्य घटनाको जोखिम हुने गतिविधि नगर्न तारकेश्वर गाउँपालिकाको अनुरोध

फाल्गुन २८, २०८१ मा प्रकाशित | 217 views


त्रिशूली । सुख्खा गर्मी याम सुरु भएसँगै बढ्न सक्ने डँढेलो र आगलागी जन्य घटना न्यूनीकरण गर्न तारकेश्वर गाउँपालिकाले कठोर नीति अवलम्बन गरेको छ ।

हिजो मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले अध्यक्ष शिव अधिकारी अविरलको प्रस्तावमा जङ्गल छेउ आगो बाल्ने, पात पतिङ्गर जलाउने, चुरोटको ठुटा फ्याँक्ने जस्ता आगलागी हुन सक्ने गतिविधि गर्नेलाई रु. ५ लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष अधिकारीले सानो लापर्वाहीले पनि ठुलो दुर्घटना निम्तिन सक्ने भएकाले यस्ता जोखिमपूर्ण गतिविधि नगर्न र कसैले गरेकाे पाइएमा तत्कालै स्थानीय प्रशासनलाई खबर गर्न सम्पूर्ण तारकेश्वरवासीमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web