
काठमाडौँ । मकवानपुर । मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने सम्बन्धमा भएको निर्णय बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्बाटै हराएको छ । प्रदेश सरकारले गत २०८१ जेठ ३२ मा मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेर चालु आर्थिक वर्षबाटै काम थाल्ने बताइए पनि मन्त्रिपरिषद्को निर्णय सूचीमा यो विषय लिपिबद्ध हुन सकेको छैन । जेठ ३२ मा मन्त्रिपरिषद् बैठकले आवधिक योजना स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने, आयुर्वेद औषधिसंहिता स्वीकृत गर्ने तथा आयुर्वेद औषधिको लेबल स्वीकृत गर्ने निर्णय गरेको थियो । मकवानपुरमा प्रादेशिक अस्पताल बनाउने निर्णय भने प्रमाणीकरण हुन सकेको देखिँदैन ।
19.29¡ÆC