बेलकोटगढी–ककनी जोड्ने मोटरेबल पुलका लागि बजेट सुनिश्चित

फाल्गुन १९, २०८१ मा प्रकाशित | 181 views


बेलकोटगढी । बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ लाई जोड्ने मोटरेबल पक्की पुल निर्माणका लागि ५ करोड ६० लाख ९ हजार २८ रुपैयाँ बजेट सुनिश्चित भएको छ ।

बेलकोटगढी–१३ का वडा अध्यक्ष नवराज पाण्डे तथा बाबुराम तामाङको विशेष पहलमा मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट सुनिश्चित गरेको घोषणा गरेका हुन् । मुख्यमन्त्री लामाले छिट्टै ठेक्का प्रक्रिया सुरु हुने जानकारी गराएका छन् ।

यो पुल निर्माणपछि काठमाडौँको रानीपौवा हुँदै ढाँडेफेदी–गंगटे निस्कने सडक नुवाकोटबाट काठमाडौँ आवतजावत गर्न सबैभन्दा छोटो तथा वैकल्पिक मार्ग बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web