कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन अध्यक्ष अधिकारीको निर्देशन

फाल्गुन १८, २०८१ मा प्रकाशित | 413 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सबै स्वास्थ्य केन्द्र र विद्यालय परिसरमा कार्यालय समयमा सामाजिक सञ्जाल (फेसबुक, टिकटक) नचलाउन विगतमा दिएको निर्देशनको स्थलगत अनुगमन गर्नुभएको छ ।

विगतमा सूचना प्रकाशन गर्दै कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्दा यसबाट सेवाग्राहीको कामकारबाही प्रभावित भएको चोतर्फी गुनासो पश्चात जारी गरिएको सूचनाको कार्यान्वयनको अवस्था बुझ्न अध्यक्ष अधिकारीको निर्देशनमा गाउँ प्रहरीले वडा नं १,२,३ र ४ का कार्यालय, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा छड्के अनुगमन गरेको हो ।

विद्यालयहरूमा विद्यार्थीको पठनपाठनमा असर नपरोस्, विकृति नफैलियोस्, स्वास्थ्यकेन्द्र, वडा र गाउँपालिका कार्यालयमा आउने सेवाग्राहीहरूको सेवामा असर नपरोस् भन्ने हेतुले अध्यक्ष अधिकारीले यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष अधिकारीले अटेरी गरी फेसबुक, टिकटक चलाएको पाइएमा उक्त डिभाइस जफत गर्न गाउँ प्रहरीलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष अधिकारीले सेवाग्राहीको काम कारबाहीलाई पहिलो प्राथमिकता दिएर काम गर्न, सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन, जनतालाई छिट्टोभन्दा छिट्टो सेवा दिनको लागी विभिन्न समयमा दिएका निर्देशनको पनि पालना गरेर इमान्दार, पारदर्शी एंव सुशासन कायम राख्नको लागी मातहतको निकायलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web