११ सय १७ दरखास्तको लागि एक लाख १६ हजारको आवेदन

साउन १३, २०७३ मा प्रकाशित | 990 views

११ सय १७ दरखास्तको लागि एक लाख १६ हजारको आवेदन

काठमाडौं,साउन १३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ । आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो । आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो । स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन् ।

शिक्षकका लागि यसपालि सबैभन्दा बढीले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए । आयोगले ०६९ मा प्रावि, निमावि र माविको १३ हजार ५९ पदमा विज्ञापन गर्दा चार लाख १३ हजार अर्थात् ३१ गुनाले आवेदन दिएका थिए । गत असारमा परीक्षा लिएको माध्यमिक तहमा १४ बिषयमा ६ सय ११ चाहिनेमा ३८ हजारले परीक्षा दिएका थिए ।

यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन् । त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन् ।

नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै थोरै आवेदन परेका छन् ।

१ ज माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन् ।

नेपाली विषयमा पूर्वाञ्चलमा ४९ जना चाहिनेमा १० हजार २ सय पाँच जनाले दर्खास्त दिएका छन् । मध्यमाञ्चलमा २६ जना चाहिनेमा ९ हजार तीन सय ४७, पश्चिमाञ्चलमा ३९ जना चाहिनेमा ११ हजार, मध्यपश्चिमाञ्चलमा २९ जना चाहिनेमा सात हजार ८५, सुदुरमा १९ जना आवश्यकतामा चार हजार नौ सय ४९ जनाले आवेदन दिएका छन् ।

मध्यमाञ्चलमा ४७ जना अंग्रेजी शिक्षक चाहिनेमा चार हजार पाँच सय ९१ जनाले आवेदन दिएका छन् । यो संख्या ७९ गुना बढी हो । सामाजिक विषयमा पूर्वमा ४३ चाहिनेमा ७ हजार ६ सय ५३, मध्यमा ३६ जना चाहिनेमा नौ हजार ८७, पश्चिमाञ्चलमा ५१ मा ७ हजार एक सय ७९, मध्य पश्चिमा ३० जनामा सात हजार नौ र सुदुर पश्चिमाञ्चलमा १२ जना चाहिनेमा तीन हजार ६ सय ८३ जनाले आवेदन दिएका छन् ।

जुनसुकै बिषय पढेकाले पनि सामाजिकमा आवेदन दिन पाउने भएपछि आवेदकको संख्या बढेको हो । सामाजिकमा बिषयमा आवेदन दिन प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी शिक्षा बिषयमा कम्तीमा दश महिने तालिम प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ ।

अन्य विषयमा आवेदन दिन सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतिर्ण गरी शिक्षा बिषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनु पर्छ । गणित, विज्ञान बिषयमा उम्मेदवार हुन विज्ञान वा अन्य संकायबाट गणित र विज्ञान दुबै बिषयहरु लिई प्रविणता प्रमाणपत्र तह अध्ययन गरेको हुनु पर्छ । दुई सय पूर्णाङ्कको शिक्षा सम्बन्धी बिषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरेकाले १० महिना तालिम लिएको सरह मानिन्छ । आवेदन दिनेहरुको लिखित परीक्षा भदौ ११ मा हुँदैछ ।

आयोगका अनुसार अहिलेसम्म सात लाखले स्थायी अध्यापन अनुमति पत्र लिएका छन् । यसमा सबैजसो शिक्षा बिषय पढेका छन् ।

आयोगमा आवेदन दिने तथ्याङकले मुलुकको बेरोजगारीको संख्या छर्लङगै पारेको छ । ‘यसले बेरोजगारको समस्या देखाउँछ,’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘धेरैजसो शिक्षा पढेका बेरोजार देखियो ।’ स्थायी लाइसेन्स लिएका मध्ये ०७० यता करिब १६ हजार पाँच सय मात्रै स्थायी शिक्षकमा छनौट भएका छन् ।

शिक्षा विभागमा निर्देशक बैकुण्ठ अर्यालले दर्खास्त दिनेको संख्याले शिक्षणप्रतिको आकर्षण देखाएको बताए । ‘शैक्षिक बेरोजगार भएका मध्ये धेरैमा शिक्षण पेशा प्रति आकर्षण देखियो,’ उनले भने, ‘धेरै जनामा प्रतिष्पर्धा हुँदा मुलुकले योग्य शिक्षक पाउने भयो ।’ शिक्षण पेशा घरपायक हुने, स्थायित्व, निजामति सरहको सेवा सुविधा लगायतले आकर्षित भएको हुन सक्ने अर्यालले बताए । पछिल्लो तलब स्केल अनुसार निमावि तृतीय स्तरको शिक्षकले सुरुमै २३ हजार पाउँछन् । (कान्तिपुर दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web