महाकुम्भ मेला मेरो अनुभव–श्रीकृष्ण आचार्य

फाल्गुन १६, २०८१ 2025-02-28 मा प्रकाशित
Published at 2025-02-28

249 views

छिमेकी देश भारतको प्रयागराजमा अवस्थित गंगा, यमुना र सरस्वती नदिको संगम स्थलमा प्रत्येक १४४ बर्षमा लाग्ने महाँकुम्भ मेलाको बारेमा मैले सामाजिक संजाल र विभिन्न समाचारवाट थाहा पाइरहेको थिए । उक्त मेला ४५ दिनसम्म लाग्ने र महाशिवरात्रिको दिन फागुन १४ मा अन्त्य हुने उल्लेख थियो ।

माघको अन्तिम साता उक्त मेला जानपाए हुन्थ्यो भनेर मैले विदुर निवासी दाजु सजन श्रेष्ठलाई भनेको थिए । उहाँले साथीसंग मिलेर जानुपर्छ । अरु कोही नभए दुई जना भएपनि मिलेर जाउला भन्नुभएको थियो । त्यस लगत्तै उहाँले स्नानको लागी जान तयारी मिलाउनुभयो । तर, विशेष कारणवशः जान सकिन । तर, त्यो समय मेरो व्यक्तिगत कार्य र कार्यलयको कामले फुर्सद नमिल्ने भयो अनी दाजुलाई सवैकुरा भने तिमी हिड भनेर दाजुले धेरै पटक भन्दानी त्यो समय नजुराएको हो कि के मिल्दै मिलेन अनी अझै मेला २०–२५ दिन वाँकि छ मेरो मनमा कुनै जानको लागी समय मिल्लानी भन्ने आशा थियो ।

म २०८१ फागुण ९ गते सुक्रवार कार्यालय समय सक्याएर घर आउदै थिए मलाई ह्रेक सुखदुखमा, जागिरमा साथ दिने राम हरि रिमाल दाजुको कार्यलय अगाडी मेरो विदुरको आत्मीय भाई सुमन भण्डारीको स्कुटर देखे घर जान हिडेको मान्छे एक्कासी त्याहाँ आफ्नो वाईक रोकेर रामहरी दाजुको कार्यलयमा प्र्रवेश गरि त्याहाँ २ जनाको प्रयागराज जाने विषयमा सल्लाह भई रहेको रहेछ म जानकारी पाए अनुसार सुमन भण्डारी, रामहरी रिमाल र नुवाकोट का पत्रकार आदरणीय दाजु रामहरि न्यौपाने ३ जना २०८१ फागुण १० गते वेलुका रात्रिबसमा भैरहवा हुदै प्रयागराज जाने सल्लाह हुदै रहेछ मलाई देख्ने वितिकै दुवै दाजु भाईले मलाई पनि संगसंगै लैजानको लागी प्रस्ताव गर्नुभयो ।

मेरो कार्यलयमा ११ गते हेड अफिसवाट भिजिट कार्यक्रम रहेको थियो । मैले रामहरी दाईलाई सुनाए । उहाँले भन्नुभयो तिम्रो अफिसको एजेन्ट रुपमा मैले काम गरिरहेको छु तिमी हामिसंग जान नहुने भन्नुभयो । त्यसपछी मैले मेरो प्रधान कार्यलयका सरहरुसंग कुरा गरे उहाँहरुले तय भई सकेको कार्यक्रम हो भोली बेलुका जानु भन्ने कुरा आयो तर मैले उहाँहरुलाई कन्भिन्स गराए । अनी वेलुका संगै विदुरवाट हिड्ने सल्लाह पाए ।

बेलुका हिड्नु भन्दा अगाडी रामहरी दाजुलाई फोन सम्पर्क गरे उहाँ मार्फत अर्को एक जना साथी पनि थपिए विदुर–१२ निवासी रामजी प्रसाद भट्ट । उहाँको नाम सुन्ने बित्तिकै म खुसी भए । अनि ठिक छ भने । बेलुका ४ बजे म विदुर चोकमा रामहरी दाजुलाई कल गरेर आए उहाँ पनी आउनु भयो उहाँलेर मैले संगैको पसलवाट हाप पाएन्ट र चप्पल खरिद गर्यौ र रामहरी दाजुलाई सम्पर्क गर्र्दा उहाँहरु पनी आईरहेको जानकारी पाए त्याहाँ वस्दा वस्दा मलाई कमल भण्डारी दाजुको फोन आयो उहाँ काठमाण्डौ सामाखुसी अवस्थीत डोको थकाली भान्छा घरका प्रोपाईटर हुनुहून्छ उहाँ वेला वेलामा नुवाकोट आउदा हाम्रो भेट हुन्छ उहाँले कहाँ हो भाई भन्नुभयो मैले म गल्छी जादैछु दाजु भने उहाँले कति चाडै गाडि चढेको संगै जाउला पख म र सुमन आउदै छु भनेपछी हाम्रो यात्राको लागी छ जनाको टोली तयार भयो विदुरवाट एउटा ईभि भ्यान रामजी दाजुले मगाउनु भयो अव हाम्रो यात्रा सुरु भयो ।

रामहरि रिमाल दाजुको प्लान अनुसार हामी वेलुका एक्लेफाटमा गएर रात्रिवस कुर्यौ र रात्रिवस करिव राति १० वजे आयो र हाम्रो यात्रा भैरहवा सुनौली नाका तिर अगाडी बढ्यो ।

धर्म, आस्था, आध्यात्मिकता, र सांस्कृतिक विविधताको अनुपम संगम— महामहाकुंभ मेला। यो केवल धार्मिक पर्व मात्र होइन, यो एक आध्यात्मिक जागरणको अवसर हो, जुन १४४ वर्षमा एक पटक मात्र प्रयागराजमा आयोजना गरिन्छ ।

सन् २०३४ को महामहाकुंभ मेलाको यो दुर्लभ अवसर गुमाउन नचाहेर हामिहरु नेपालबाट प्रयागराज यात्रामा हिड्यौ । यो केवल यात्रामात्र थिएन, यो आत्मशुद्धिको यात्रा थियो । यात्राको क्रममा मेरो मनमा भने कुंभ मेलाको विशाल भीड, नदी स्नान, नागा बाबाहरूको दर्शन र गङ्गा आरतीको दिव्यता बसिरहेको थियो ।

सीमा पार गर्दै भारतीय भूमिमा प्रवेश :

भोलिपल्ट विहान सुनौली आइपुगेपछि, त्याहाँ भारतिय रुपयाँ साट्ने कार्यलय रैछ सवैले भारतिय रकम साटेम र संगै रहेको होटेलमा खाना खाई त्याहाँ रहेको बस काउण्टरमा गई भारतीय नम्वर प्लेटको ६ जना अट्ने कार प्रयागराज र कासी बारणासी लगेर यहि वोर्डर सम्म ल्याउनको लागी भारु १८००० मा वुकिङ गर्यौ र भारत प्रवेशका लागि अध्यागमन प्रक्रिया पूरा गर्यौ सीमापार गर्दा नेपालभन्दा फरक माहोल महसुस भयो— सडकमा भारतीय भेहिकलहरूको भीड,तथा तीर्थयात्रामा हिँडेका भक्तजनहरूको समूह ।

विहान ११ बजे जव हामि चढेको कार सुनौलि नाकावाट अगाडी वढ्यो तव त्याहाँका आँखाले नदेखुन्जेल हरियाली फाँट, सडकको सुविधा ले मन लोभ्यायो त्याहाँको हाईवेय साँच्चीनै धेरै राम्रो थियो । यात्रा अविस्मरणीय रह्यो जव हामि गोरखपुर ३ वजेको आसपास पुग्यौ त्याहाँ हल्का नास्ता गर्ने कुरा भयो र त्याहाँ हामी ओर्लियौ र संगै वेच्न राखिएका खानेकुराहरु खायौ त्याहाँ सडक सञ्जाल र कृषि धेरै राम्रो देखेता पनी त्याहाँ वस्ने मान्छेहरुको व्यवहार र सरसफाई मा ध्यान नदिएको पटक्कै मन परेन धेरै फाहोर रैछ त्याहाँको वातावरण ।

हामि केही समय नास्ता गरिसकेपछीन् त्याहाँवाट प्रयागराजको यात्राको लागी निस्कीयौ वाटोमा भेटीने रेलको आवाज, अझ धेरै लेनको हाईवे र विशाल हरियाली फाँटले मन लोभिएको थियो । हामि वेलुका प्रयागराज भन्दा ३० किमि यतै वस्ने र भोली विहान फागुण १२ गते सोमवार र एकादसी संगै परेकोले भोलीपल्ट स्नान गर्ने सल्लाह अनुरुप होटेल खोजी वस्यौ त्याहाँको माहोल पनी त्यस्तै रह्यो त्याहाँ रहेका मान्छेको व्यवहार र वरपर वातावरणको फोहोर हामी त्यसदिन त्याहाँ लामखुटेको टोकाई खादै त्यसरात त्याहाँ वस्यौ ।

प्रयागराज प्रवेश र मेलाको अद्भुत माहोल (दोस्रो दिन) :
बिहान सबेरै ५ वजे उठी हामि प्रयागराज तर्फा अगाडी वढ्यौ हामिलाई संगम स्थल भन्दा ७ किलोमिटर वर चिनीमिल पार्किङमा गाडी पार्क गरेर हिडेर गएर आउनु भन्ने सवारी चालको भनाई वमोजीम हामि ६ जना त्याहाँवाट हिड्यौ प्रयागराज आइपुग्दा नै मैले महामहाकुंभ मेलाको अनुपम महिमा महसुस गर्न थाले ।

गाडीवाट बाहिर निस्कन बित्तिकै म करोडौं तीर्थयात्रीहरूको विशाल भीड देखेर स्तब्ध भएँ । मानिसहरू जतासुकै देखिन्थे— नदीतिर हिँड्दै, शिविरहरूमा बस्दै, अथवा साधु–सन्तहरूका प्रवचन सुन्दै । त्यस एरियामा अस्थायी धर्मशालाहरू, अस्थाई सौचालय र विभिन्न किसीमका टेन्ट निर्माण गरी स्टलहरु निर्माण गरिएका थिए ।

सबैभन्दा पहिले हामि त्रिवेणी सङ्गम पुग्न चाहन्थें, जहाँ गङ्गा, यमुना, र अदृश्य सरस्वती नदीहरू मिल्छन् र हामि भिडलाई छिचोल्दै संगमस्थलतर्फ लाग्यौ त्याहाँ हिड्दा त्याहाँको माईकिङमा यो वाटोवाट जानु त्याहाँ जाम छैन यो मान्छे हरायो लगायतका त्याहाँ रहेका विभिन्न जानकारी को वारेमा दिने रैछ उक्त कुराहरु सुन्दै विभिन्न साघु सन्त को दर्शन गदै हामि संगमतर्फ अगाडी वढ्यौ ।

त्रिवेणी सङ्गममा पवित्र स्नान :
त्रिवेणी सङ्गममा पुग्दा हामि श्रद्धालुहरूको विशाल लहरमा मिसिएँ । विशेष शाही स्नानको दिन भएकाले लाखौं भक्तजनहरू नदीमा डुबुल्की मार्दै थिए ।


जब मैले पवित्र गङ्गा–यमुना नदीमा स्नान गरें, मलाई आत्मशुद्धि भएको अनुभूति भयो । मनमा लागेको सबै थकान मेटिएझैं लाग्यो ।त्यहाँ रहेका साधुहरूले भने—“महामहाकुंभ मेलामा गङ्गा स्नान गर्दा जन्म–जन्मान्तरका पापहरू नष्ट हुन्छन् र मोक्ष प्राप्त गर्न सकिन्छ ।“यो सुनेर झन् भक्तिभावले भरिएँ ।

त्याहाँ स्नान गरि हामिले पुजा गर्यौ र जल र त्याहाँको माटो लिई त्याहाँवाट बारणासी अवस्थीत बाबा विश्वनाथको दर्शन गर्नको लागी हामि त्य भिडलाई छिचोल्दै आफ्नो सवारी सम्म आई बारणासी तर्फ अगाडी वढ्यौ ।

बाबा विश्वनाथको दर्शन र घर फर्कने यात्रा (दोश्रो दिन) :
महामहाकुंभ मेलाको अद्भुत अनुभवपछि, मैले अर्को महत्वपूर्ण तीर्थस्थल काशी विश्वनाथ मन्दिर जाने निर्णय गरें । गङ्गा नदीको किनारमा रहेको यो प्राचीन सहर भारतीय सभ्यता र अध्यात्मको केन्द्र हो ।

बाबा विश्वनाथ मन्दिरमा दर्शन :
वाराणसी आइपुगेपछि, म विश्वप्रसिद्ध काशी विश्वनाथ मन्दिर जानको लागी लगभग ५ किमि जती हिड्नुपर्ने रहेछ महाकुम्भ स्नान गरेर विश्वनाथ मन्दिरमा पनी दर्शन गर्न जाने भक्तजनहरु को भिडले त्याहाँ पनी हिड्नमा कठिनाई भईरहेको थियो हामि कहि समयको हिडाईपछी मन्दिर वाहिरवाटै दर्शन गरयौ विश्वनाथ मन्दिरको भव्यता, सुनको छाना, र शिवलिंगको दर्शन गर्दा मन एकदिमै आनन्दित भयो ।

पूजारीहरूले मन्दिरको इतिहास सुनाइरहेका थिए— यो मन्दिर भगवान शिवकै निवासस्थान हो, जहाँ दर्शन गर्दा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।
त्यसपछि, हामि वरपरका घाटहरू घुम्न गयौ । मणिकर्णिका घाट, दशाश्वमेध घाट, र गंगा किनारको सांस्कृतिक दृश्य मनमोहक लाग्यो ।

नेपाल फर्कने यात्रा :

वाराणसीबाट साँझको ६ बजे हामि गाडी चढी रातभरि यात्रा गर्ने गरी सुनौली वोर्डरको यात्रामा निस्कीयौ । नेपाल फर्किंदा हाम्रो मनमा शान्ति, आध्यात्मिक आनन्द, र जीवनलाई नयाँ दृष्टिले हेर्ने ऊर्जा भरिएको थियो ।

भैरहवा आएपछिन् हाम्रा कमल दाजुले होटेल व्यवस्था गरेर विहानको ४ बजपनी वोर्डरमा गाडी हामिलाई कुरेर वसेको अवस्था र विहान नास्ताको व्यवस्था गरि आराम गर्नको लागी होटेलको व्यवस्था गर्नुहुने दाजु कमल भण्डारीलाई पुनः धन्यवाद दिन चाहन्छु ।

निष्कर्ष :
महामहाकुंभ मेलाको हाम्रो यात्रा केवल तीर्थयात्रा मात्र थिएन, यो एक आध्यात्मिक यात्रा थियो । त्रिवेणी सङ्गममा स्नानले आत्मिक शुद्धिको अनुभव गरायो । नागा साधुहरू, अखाडाहरू, तथा साधु–सन्तहरूको प्रवचनले धर्मको गहिराइ बुझ्न मद्दत गर्यो । बाबा विश्वनाथको दर्शनले जीवनभरको आध्यात्मिक प्रेरणा दियो । यो यात्रा मेरो जीवनकै सबैभन्दा अविस्मरणीय अनुभव रह्यो । शरीरले घर फर्किए पनि मेरो आत्मा अझै पनि प्रयागराजको त्रिवेणी सङ्गम र काशी विश्वनाथ मन्दिरमै छ । 

यस यात्रा अवधिभर भिडियो कल गरेर रमाईलो वनाईदिने हामी सवैको परिवार आदरणिय दाजुहरू दुर्गाराज पाठक, राजेन्द्र श्रेष्ठ ज्वाई किरण पन्थ लाई विशेष धन्यवाद ।

यात्राको क्रममा खाना खाएको पल खाना थप्दा पैसा को वार्गेनिङ गर्नुपर्ने अवस्था र यत्रो महाकुम्भ चलिरहदा त्याहाँका जनताले गेष्टलाई खोजीखोजी सेवा गर्नुपर्ने ठाउमा उनिहरू को होटेलमा वास माग्दापनी रेस्पोन्स नगरेको कुरा सम्झदा अचम्म लाग्छ ।

बाटोभरि जिस्किरही हामि सवैलाई रमाईलो गर्नुहुने दाजु कमल भण्डारी डोको साहु र विभिन्न कुराको वारमा जानकार हामी सवैलाई सिकाउनुहुने दाजु रामहरी रिमाल लाई विशेष धन्यवाद यात्राभरि रमाईलो गरि साथ दिनुहुने दाजु रामहरि न्यौपाने जेठान साव, अर्का रमाईला मिजासिला दाजु रामजीप्रसाद भट्ट ढाकाटोपी र प्रिय भाइ सुमन भण्डारी उहाँहरू सबैको साथले यात्रा पूरा भएको पत्तै भएन साथ सहयोग र समर्थन गर्ने सम्पूर्णमा विशेष धन्यवाद ।

श्रीकृष्ण आचार्य
विदुर–४ नुवाकोट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.