नुवाकोटमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन, अध्यक्षमा आर.एन.न्यौपाने

फाल्गुन ८, २०८१ मा प्रकाशित | 353 views


विदुर । रक्तदाता स्वंयम सेवीहरुको साझा सँस्था ‘नेपाल स्वयंसेवी रक्तदाता समाज, नुवाकोट’ गठन भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितीमा जिल्लामा रहेका रक्तदाता स्वंयससेवीहरुको भेला मार्फत रविन्द्रनाथ (आर.एन.) न्यौपानेको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो ।

नुवाकोट सहित देशभरको लागी रक्तदाता अभियानमा लाग्नुभएका न्यौपानेलाई भेलाले अध्यक्ष चयन गरेको हो । कार्यसमिति १३ सदस्यी गठन भएको छ ।

संस्थाको उपाध्यक्षमा सम्झना प्याकुरेल, सचिवमा सुजन गजुरेल र कोषाध्यक्षमा अस्मिता ढकाल हुनुहुन्छ । सदस्यहरुमा शेषमान तामाङ, उपेन्द्र मिश्र, रमेश श्रेष्ठ, सुमन श्रेष्ठ, बद्रीनाथ फुयाँल, सुरेन्द्र भट्ट, ज्ञानेन्द्र गिरी, बद्री प्याकुरेल र रमेश गिरी सर्वसम्मत चयन हुनुभयो ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बुधबार नै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पद तथा जिम्मेवारीको सपथ खुलाउदै रक्तदाता अभियानमा जोडिएका स्वंयमसेवीहरुलाई आगामी दिनमा थप सक्रिय एंव क्रियाशिल भएर रक्तदान अभियानलाई अघि बढाउन शुभकामना दिनुभयो ।

सो अवसरमा उहाँले नुवाकोटका अभियन्ता मार्फत नुवाकोटमा रक्तदान कार्यक्रम निकै प्रभावकारी बनाउदै आएको भन्दै प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web