रुपन्देहीमा गाँजा र चरेससहित सात जना पक्राउ

फाल्गुन ३, २०८१ मा प्रकाशित | 158 views


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सात जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका–४, ८ र तिलोत्तमा नगरपालिका–१५ मा लागूऔषध कारोबार हुँदै गरेको सूचनाका आधारमा २० किलो चरेस र २१ किलो गाँजासहित कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिनुभयो ।

प्रहरीले धादिङका दीपक तामाङ, सुनबहादुर तामाङ, नक्कलबहादुर तामाङ, प्रेमलाल तामाङलाई पक्राउ गरेको छ । त्यस्तै रुपन्देहीको आदर्शनगर बस्ने जीवन मल्लाह, तिलोत्तमा बस्ने दीलिप केवट र स्याङ्जाकाे गल्याङ्गका जीवनाथ पाण्डेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web