
त्रिशूली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा लिखु गाँउपालिका नुवाकोट जिल्ल्लामा यो वर्ष पनि उत्कृष्ट भएको छ । आयोगले आज बुधबार सार्वजनिक गरेको तथ्याङ्ग अनुसार तोकिएका विभिन्न १७ वटा सूचकमा सबैभन्दा धेरै अंक प्राप्त गर्दै यो वर्ष पनि कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा लिखु गाँउपालिका उत्कृष्ट बनेको हो ।
आयोगले निर्धारण गरेका सूचकहरुमा लिखु गाँउपालिकाले ७३.१ अंक हासिल गरेको छ । नुवाकोटमा दोश्रो हुने गाँउपालिकामा ६९ अंक ल्याउदै शिवपुरी रहेको छ भने तेश्रोमा ६५.२ अंक हासिल गर्दै म्यागङ गाँउपालिका रहेको छ ।
विदुर नगरपालिकाले ५८.६ अंक ल्याएको छ भने बेलकोटगढीले ५२.९ अंक ल्याएको छ ।
कुन पालिकाले कति ल्याए, हेर्नुहोस तथ्याङ्क :

कार्यसम्पादन मूल्याङ्कनका सूचकहरु यस्तो छ :

17.5¡ÆC