धुनिबेसीमा फरक समयमा दुई टिपर दुर्घटना, दुवै चालकको मृत्यु

माघ २६, २०८१ 2025-02-08 मा प्रकाशित
Published at 2025-02-08

60 views

काठमाडौँ । शनिबार धादिङको धुनिबेसीमा छुट्टाछुट्टै समयमा दुई टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु भएको वागमती प्रहरीले जनाएको छ ।

शनिबार अन्दाजी ००ः३ बजे त्रिभुवनराजपथअन्तर्गत खत्रिपौवाबाट खानिखोलातर्फ आउँदै गरेको बा२क ४८८० नंको खाली टिपर धुनिबेसी ९ तिनतिरे धारा सडकबाट ९० मिटर तल खोल्सामा खसी दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा टिपर चालक जिल्ला मकवानपुर इन्द्रसरोवार गापा१ सेरा बस्ने वर्ष २२ का प्रदीप थिङ घाइते भई उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएको थियो । उनको उपचारकै क्रममा ०२ः१५ बजे मृत्यु भएको हो ।

धुनिबेसी ९ कै टायलघरमा शनिबार ०४ः०० बजे अर्को टिपर पनि दुर्घटना भयो । काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा३ख ७४०२ नंको खाली टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खस्दा टिपर चालक धादिङ थाक्रे २ का वर्ष ३४ का लक्की राई घाइते भएका थिए ।

उनलाई पनि उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएइकोमा ४ः५० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.