६ क्विन्टल गाँजासहित एक जना पक्राउ

माघ २५, २०८१ मा प्रकाशित | 305 views


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले गएराती ६ क्विन्टल लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासबाट जलेश्वर तर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपी लुकाई छिपाई गरी राखिएको रातो रङ्गको प्लाष्टिकको पोका ४० (चालीस) मा लागू औषध गाँर्जा  बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानले जानकारी दिनुभयो ।

गएराती जिल्ला महोत्तरी भंगाहा नगरपालिका ६ मजुरा स्थित बर्दिबास जलेश्वर सडक खण्डमा अस्थाई प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट ट्रकलाई चेकजाँच गर्दा ६ सय चार किलोग्राम लागू औषध गाँजा बरामद भएको प्र नि चौहानले जानकारी दिनुभयो । प्रहरीले ट्रक र चालक जिल्ला उदयपुर कटारी नगरपालिका १ बस्ने २३ बर्षीय गणेश बहादुर विश्वकर्मालाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । महोत्तरीको बर्दिबास औहरी जलेश्वर सडक खण्ड हुँदै पछिल्लो समय लागुऔषध गाँजा तस्करी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web