प्रदेशमा हिमपातको सम्भावना, २ प्रदेशको मौसम सफा

माघ २३, २०८१ 2025-02-05 मा प्रकाशित
Published at 2025-02-05

49 views

काठमाडौँ । आज देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ।

आज रातिसम्म मधेश र लुम्बिनी प्रदेशबाहेकका पाँच प्रदेशको मौसम आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा र कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ । तर, हिमपात र वर्षाको भने सम्भावना भने नभएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

मधेश प्रदेशका केही स्थानहरू र केही उपत्यकाहरुमा भने हुस्सु/कुहिरो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.