काठमाडौं,साउन १२ । शाही सरकारका अर्थ राज्यमन्त्री रुपज्योतिको परिवारमा कर छलीको अर्को काण्ड आइलागेको छ। बिहिनी प्रभा स्थापितले वास्तविक विवरण लुकाएर राजधानीको न्युरोडस्थित एउटा घर बिक्रि गरेको प्रमाण भेटिएपछि आयकर ऐनअनुसार दण्डस्वरुप सतप्रतिशत रकम थपेर ४४ करोड ८८ लाख असुल्न करदाता सेवा कार्यलयलाई निर्देशन दिइएको बताइन्छ। यस प्रकरणमा गएर वयान दिनुबाहेक अन्य विकल्प छैन।

आजको जनआस्था साप्ताहिकमा खबर छ – विशालबजार अगाडिको पुरानो क्रिष्टल होटल बिक्रि प्रकरण हो, यो। पति विजयरत्न स्थापित र छोरा अक्षयरत्नसहित तीनजनाको स्वामित्वमा रहेको एक रोपनी तीन आना तीन पैसा जमिनसहितको घर गत माघ २५ गते १० करोड २३ लाखमा प्रभालाई बिक्रि गरिएको कागज बनाई १५ दिनपछि फागुन ९ गते महर्जन बिजनेश एशोसिएट्सको नाममा अर्ब रकम लिएर हस्तान्तरण गरिएको भनिएको थियो ।

उता, वरिष्ठ पत्रकार नककमणि दीक्षितका भाई कुन्द दीक्षितलाई समेत विदेशी बैंकमा नियमविपरित खाता खोलेको भन्दै अर्थमन्त्रालयले १५ दिने पुर्जी काटेर सास्ती दिएको छ ।

15.25¡ÆC