नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौँ क्याम्पस सभा सम्पन्न, अधिवेशन जारी

माघ १९, २०८१ मा प्रकाशित | 302 views


त्रिशूली । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौँ क्याम्पस सभा तथा दोस्रो अधिवेशन सुरु भएको छ ।

शनिबार बट्टार स्थित क्याम्पस हलमा आयोजित कार्यक्रममा क्याम्पससभा अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी बागमती प्रदेससभा सदस्य रमेशकुमार महतले नयाँ प्रविधि र सिप विकासमा केन्द्रित शिक्षा प्रदान गर्ने नयाँ कार्यक्रम ल्याउन सुझाब दिनुभयो ।उहाँले यहाँको विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी काठमाडौं सहित देशका अरु शहरमा जानुपर्ने बाध्यता हटाउन सक्ने गरेर सम्भावना भएका क्षेत्रमा शैक्षिक विकासमा जोड दिनुपर्न बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद् सिता मिजारले जिल्लाको प्रमुख शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसलाई शिक्षाको गुणस्तर र सिपयुक्त दक्ष जनशक्ति उतपादनको केन्द्र बनाउन सक्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विदुरका नगरप्रमुख राजन श्रेष्ठले शिक्षाको विकासको लागी नगरको तर्फबाट विगतको जस्तै आर्थिक सहितको सहयोग निरन्तर रहने प्रतिबध्दता जनाउनुभयो ।

कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै क्याम्पससभा सदस्य तथा विदुर-५ का अध्यक्ष लिलानाथ न्यौपानेले प्रविधिमा आधारित शिक्षा, सिप र समयअनुकुल बनाउन लाग्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले बिधामा सभाका सदस्यको सङ्ख्या धेरै भएपनि हुनुपर्ने र।समेट्नुपर्नेलाई समावेश गर्न नसकेको भन्दै क्याम्पसको बिधानलाई पनि समयअनुकुल संशोधनको आवश्यकता रहेको बताउनुभयो । क्याम्पसमा योगदान पुर्याउनेलाई सम्मान गर्नुपर्ने तर, फोहोरी राजनीति गर्नेहरुबाट भने अलग बनाउन सक्नुपर्ने उहाँले सुझाब दिनुभयो ।

क्याम्पससभा अध्यक्ष श्रेष्ठले क्याम्पस विधि, बिधान र नियमसम्मत रुपमा सञ्चालनमा रहेको बताउदै अहिले बाहिर आएका भ्रामक विषयवस्तु आधारहीन रहेको बताउनुभयो । केहि गलत तथ्य भए प्रमाण सहित सभामा उपस्थित भएर राख्नलाई उहाँले चुनौती दिनुभयो ।

बिधानत : क्याम्पससभा १०१ सदस्य रहने प्राबधान रहेको छ । अधिवेशनले शनिबार ९ सदस्य क्याम्पस सञ्चालक समिति निर्वाचन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web