सभामुखसँग आफ्नो निलम्बन फुकुवा गरिदिन रबि लामिछानेको माग

माघ १८, २०८१ मा प्रकाशित | 166 views


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले संघीय संसदको आजको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिनुभएको छ ।
निवेदन दिँदै उहाँले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफुलाई गरिएको निलम्बन कानुन सम्मत नरहेको दाबी गर्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन माग गर्नुभयो ।

जवाफमा सभामुखले भन्नुभयो– विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हो र कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।

सभामुखले रविले आफ्नो कुरा राखेपछि सोध्नुभयो– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?

त्यसो भनेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भन्नुभएको थियो। सभामुखसँगको भेटका बेला रास्वपाका १५ जना सांसद हुनुहुनुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web