यसपालीको हिउँदमा अहिलेसम्म औसतको झन्डै ९ प्रतिशत मात्रै वर्षा

माघ १३, २०८१ मा प्रकाशित | 291 views


काठमाडौँ । यसवर्ष अहिलेसम्म हिउँदमा हुने सरदर वर्षाको झन्डै नौ प्रतिशत मात्रै वर्षा भएको छ । यसपाली हिउँदे वर्षा निकै कम भएको मौसमविद् गोविन्द झाले बताउनुभयो । नेपालमा हिउँदका तीन महिनामा औसतमा ६० मिलिमिटर वर्षा हुन्छ ।

पछिल्ला केही वर्षदेखी नै हिउँद सुख्खा बन्दै आएका छन् । गएको वर्षको हिउँदमा औसत वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२ दशमलव पाँच मिलिमिटर मात्र वर्षा भएको थियो ।

२०७९ सालको हिउँदमा पनि भन्डै २५ प्रतिशत मात्रै वर्षा भएको थियो । नेपालमा २०६३ साल यता जम्मा पाँच वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web