
तारकेश्वर । तारकेश्वर-१ को दुईखोला दोभानदेखि ढाँड अर्चले हुँदै डाँडापारि ४ जोड्ने सडकको आज निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले तत्कालै ट्र्याक खोली यो सडकमा सवारी आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ ।
वर्षौंअघि स्थानीयको चन्दा र श्रमदानमा खोलिएको यो सडकको ट्र्याक अहिले मेटिइसकेको छ ।
अध्यक्ष अधिकारीले पुरानै डोबमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
23.72¡ÆC