
त्रिशूली । विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड रुपैयाँ बजेट श्रोत सुनिश्चत भएको छ ।
विदुरका नगरप्रमुख राजन श्रेष्ठको निरन्तरको प्रयासले खानेपानी मन्त्रालय मार्फत भएको मागको आधारमा अर्थ मन्त्रालयले यो वर्ष नै थप ७ करोड ५० लाख र अर्को २ करोड ५० लाख बजेटको श्रोत सुनिश्चित गरेको हो । यस सम्बन्धि उपप्रधान एंव अर्थमन्त्री विष्णु पोडेलले गत पुस २६ गते निर्णय गर्नुभएको हो । अर्थमन्त्रीले गर्नुभएको निर्णय माघ २ गते खानेपानी मन्त्रालयलाई प्राप्त भएको हो ।
अर्थ मन्त्रालय मार्फत नुवाकोटका दुई ठूला योजनाको लागी विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड र ड्वाचे खानेपानी उपभोक्ता समितिको लागी पाच करोडको बजेट सुनिश्चित भएपछि विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई खानेपानी मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रालयमा बोलाएर निरन्तरको प्रयासले सफलता पाउनुभएको भन्दै बधाई सहित श्रोत सुनिश्चत भएको पत्र प्रदान गर्नुभयो ।

खानेपानी मन्त्रीलाई नुवाकोट नै ल्याएर विदुर ढल निर्माण तथा प्रशोधन आयोजना र विदुर खानेपानीको स्थलगत अवलोकन र ड्वाचे खानेपानीको अहिलेको अबस्थाको जानकारी गराई बजेटको श्रोत सुनिश्चित गराउन विदुरका नगरप्रमुख राजन श्रेष्ठले आग्रह गर्नुभएको थियो ।
सोही अनुरोधमा खानेपानी मन्त्री यादवले उक्त समयमा देशभरका पालिका प्रमुखहरु मध्ये सबैभन्दा सक्रिय, जुझारु र कुनै कामका लागी निरन्तर पहलकदमी गर्ने असल बानीबाट आफूपनि निकै उत्साहति एंव प्रभावित भएको भन्दै नगरप्रमुख श्रेष्ठको माग अनुसार बजेटको श्रोत सुनिश्चित गराउन आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
त्यसपश्चात खानेपानी मन्त्रालयबाट उठेको टिप्पणी मागको आधारमा यसबीचमा नुवाकोटका दुई योजनाको लागी १५ करोडको बजेटको श्रोत सुनिश्चित भएसगैँ उत्साहित हुनुभएका खानेपानी मन्त्रीले विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई कार्यकक्षमा नै बोलाएर तपाईको प्रयासमा भएको यो सफलता निकै राम्रो भएकाले यही उत्साहका साथ बजेटको कार्यान्वयन एंव बाँकी दिनमा निरन्तरता सहकार्य गर्नुपर्छ भन्दै बधाई समेत दिनुभएको हो ।

विदुर ढल निर्माण तथा प्रशोधनका लागी थप १० करोड बजेटको श्रोत सुनिश्चत भएसगैँ प्राप्त हुन आउने बजेट मार्फत लक्षित उद्देष्य अनुरुप काम गर्नको लागी मन्त्री यादवले नगरप्रमुख राजन श्रेष्ठलाई भन्नुभएको छ । उहाँले नगरप्रमुखको माग अनुसार नै बजेट उपलब्ध गराइएको हुदाँ बजेटको सही कार्यान्वयन पश्चात थप अभाव हुन आउने बजेटदेखि नीतिगत समस्याहरुको समाधानको लागी आफू सदैव सकारात्मक रहेको समेत बताउनुभयो ।
बजेटको श्रोत सुनिश्चित भएसगैँ अपेक्षा अनुसार तिव्र हुन नसकेको विदुर ढल निर्माण तथा प्रशोधनको काम पनि अब थप दू्रत गतिमा अघि बढ्ने विश्वास लिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
19.84¡ÆC