ड्वाचे खानेपानीको लागी पाच करोड बजेट सुनिश्चित

माघ ९, २०८१ मा प्रकाशित | 451 views


त्रिशूली । ‘सानो मेलम्ची योजना’को रुपमा पहिचान बनाएको नुवाकोटको ड्वाचे खानेपानि उपभोक्ता समितिको लागी अर्थ मन्त्रालयबाट थप पाच करोड बजेटको श्रोत सुनिश्चित गरेको छ ।

विदुरका नगरप्रमुख राजन श्रेष्ठको निरन्तरको प्रयासले खानेपानी मन्त्रालय मार्फत भएको मागको आधारमा अर्थ मन्त्रालयले यो वर्ष नै १० लाख र अर्को वर्ष ४ करोड ९० लाख रुपैयाको बजेटको श्रोत सुनिश्चित गरेको हो । यस सम्बन्धि उपप्रधान एंव अर्थमन्त्री विष्णु पोडेलले गत पुस २६ गते निर्णय गर्नुभएको हो । अर्थमन्त्रीले गर्नुभएको निर्णय माघ २ गते खानेपानी मन्त्रालयलाई प्राप्त भएको हो ।

अर्थ मन्त्रालय मार्फत नुवाकोटका दुई ठूला योजनाको लागी विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड र ड्वाचे खानेपानी उपभोक्ता समितिको लागी पाच करोडको बजेट सुनिश्चित भएपछि विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई खानेपानी मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रालयमा बोलाएर निरन्तरको प्रयासले सफलता पाउनुभएको भन्दै बधाई सहित श्रोत सुनिश्चत भएको पत्र प्रदान गर्नुभयो ।

खानेपानी मन्त्रीलाई नुवाकोट नै ल्याएर विदुर ढल निर्माण तथा प्रशोधन आयोजना र विदुर खानेपानीको स्थलगत अवलोकन र ड्वाचे खानेपानीको अहिलेको अबस्थाको जानकारी गराई बजेटको श्रोत सुनिश्चित गराउन विदुरका नगरप्रमुख राजन श्रेष्ठले आग्रह गर्नुभएको थियो ।

सोही अनुरोधमा खानेपानी मन्त्री यादवले उक्त समयमा देशभरका पालिका प्रमुखहरु मध्ये सबैभन्दा सक्रिय, जुझारु र कुनै कामका लागी निरन्तर पहलकदमी गर्ने असल बानीबाट आफूपनि निकै उत्साहति एंव प्रभावित भएको भन्दै नगरप्रमुख श्रेष्ठको माग अनुसार बजेटको श्रोत सुनिश्चित गराउन आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

त्यसपश्चात खानेपानी मन्त्रालयबाट गएको टिप्पणी मागको आधारमा यसबीचमा नुवाकोटका दुई योजनाको लागी १५ करोडको बजेटको श्रोत सुनिश्चित भएसगैँ उत्साहित हुनुभएका खानेपानी मन्त्रीले विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई कार्यकक्षमा नै बोलाएर तपाईको प्रयासमा भएको यो सफलता निकै राम्रो भएकाले यही उत्साहका साथ बजेटको कार्यान्वयन एंव बाँकी दिनमा निरन्तरता सहकार्य गर्नुपर्छ भन्दै बधाई समेत दिनुभएको हो ।

ड्वाचे खानेपानीको लागी प्राप्त भएको पाच करोड रुपैयाँ मार्फत निर्माणको अन्तिम चरणमा रहेको योजना पूरा गर्न सफल हुने आशा जगाएको छ ।

रसुवाको ड्वाचे भन्ने स्थानमा मुहान रहेको यस योजनाले नुवाकोटको सूर्यगढी, विदुर र लिखुका जनतालाई प्रत्यक्ष रुपमा गुणस्तरीय पानी खुवाउनको लागी महत्वपूर्ण योजनाको रुपमा लिने गरिएको छ ।

ठूलो योजना भएकाले यसलाई काठमाडौमा पानी ल्याउन निर्माण गरिएको मेलम्ची योजनाकै झल्को दिने भएकाले नुवाकोटको मेलम्ची अर्थात मिनी मेलम्ची योजनाको रुपमा चिनिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web