दाङसिङको जब्बरेचौरमा बृहत्त ल्होछार कार्यक्रमको आयोजना

माघ ७, २०८१ मा प्रकाशित | 1234 views


गोर्खापङ । नुवाकोटको तारकेश्वर गाँउपालिका–१ स्थित दाङसिङको गोर्खापङ जब्बरेचौरमा बृहत्त ल्होछार कार्यक्रमको आयोजना गरिएको छ ।

तामाङ समुदायको महान पर्व ल्होछारलाई बृहत्त रुपमा माघ २६ गते शनिबारका दिन मनाउनको लागी स्थानीय सिर्जनशिल समाज सुधार युवा क्लब तारकेश्वरको आयोजनमा बृहत्त सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक क्लबका सचिव रोनिस लामा (तामाङ)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यक्रममा प्रमुख अतिथीको रुपमा बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र विशिष्ट अतिथीको रुपमा गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को उपस्थिती हुनेछ ।

विगतका वर्षहरुमा विभिन्न समितिहरु मार्फत सञ्चालन गर्दै आएको ल्होछार पर्वलाई यो वर्षदेखि व्यवस्थित रुपमा मनाउनको लागी नुवाकोट प्रशासनमा दर्ता भएर स्थानीय क्षेत्रमा सामाविक सेवा पुराउदै आएको सिर्जनशिल समाज सुधार युवा क्लब मार्फत ल्होछार पर्वलाई मनाउन लागिएको हो । सोही कारण पनि विगतको वर्षको तुलनामा यो वर्ष भव्य बनाउनको लागी प्रख्यात कलाकारहरुको उपस्थिती गराउन लागिएको छ ।

माघ २६ मा हुने कार्यक्रममा अतिथी कलाकारको रुपमा मेन्दोमाया किङ सागर एस वाइवा सहित राष्ट्रिय र स्थानीय चर्चित कलकारहरुको प्रस्तुतीलाई समावेश गरिएको क्लबका सचिव रोनिस लामा (तामाङ)ले जानकारी दिनुभयो ।

यस वर्षको सोनाल ल्होछार पर्व २८६१ औँ डुल ल्हो स पुख्री वर्गको स्वागत गर्दै मनाउन लागिएको छ । सोही अवसरमा “शास्त्र हराए सँस्कार हराउछ । सँस्कार हराए सस्कृति हराउछ ।

सँस्कृति हराए मानव अस्तित्व नै हराउछ ।” भन्ने आदर्श सन्देश सहित तारकेश्वर गाँउपालिका–१ स्थित दाङसिङको गोर्खापङ जब्बरेचौरमा बृहत्त ल्होछार कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web