काठमाडौं,साउन ११ । कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ। गएको असार ४ र ५ गते लिइएको रोजगार अनुमति प्रणाली इपीएस परीक्षाको नजिता मंगलबार सार्वजनिक गरिएको हो। परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।

नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् । यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ।

परीक्षाको नतिजा यहाँ हेर्नुस्- www.epsnepal.gov.np

26.08¡ÆC