शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध

माघ ५, २०८१ 2025-01-18 मा प्रकाशित
Published at 2025-01-18

73 views

काठमाडौँ । शिक्षकहरूले योगदानमा आधारित पेन्सन योजनाको विरोध गरेका छन् । सरकारले अध्यादेशमार्फत शिक्षकहरूलाईसमेत योगदानमा आधारित पेन्सन योजनामा समावेश गर्ने भनेपछि उनीहरूले यसको विरोध गरेका हुन् ।

नेपाल शिक्षक महासङ्घसँगै पेन्सन वञ्चित शिक्षक समूह केन्द्रीय सङ्घर्ष समिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, प्रगतिशील शिक्षक सङ्गठनलगायतका शिक्षक तथा कर्मचारीका सङ्गठनहरूले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

योगदानमा आधारित पेन्सन योजना नयाँ शिक्षा ऐन जारी भएपछि मात्रै लागू हुनुपर्ने उनीहरुको माग छ । महासङ्घले विज्ञप्ति निकालेर विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने बेलामा अध्यादेशमार्फत शिक्षकहरूमाथि अन्याय गर्न खोजेको आरोप लगाएको छ ।

यसअघि निजामती कर्मचारी, सुरक्षा निकायलगायतका लागि आवश्यक कानूनी व्यवस्था गरे पनि शिक्षकको हकमा भने नियमावली बन्न सकेको थिएन ।

योगदानमा आधारित पेन्सन योजनामा आफूहरूको विरोध नरहे पनि विद्यालय शिक्षा ऐन ल्याएर समाधान गर्नुपर्नेमा अध्यादेशमार्फत जबरजस्ती लाद्न खोजेको भन्दै महासङ्घले आपत्ति जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.