धेरै ठाउँको मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली

पुस २४, २०८१ मा प्रकाशित | 193 views


काठमाडौँ । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । यस्तै पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच गएको २४ घण्टामा विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा भएको छ । सबैभन्दा धेरै सङ्खुवासभामा १५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web