बुधसिंघाट कृषि सहकारी संस्था लि. को १३ औं बार्षिक साधारणसभा सम्पन्न

पुस २०, २०८१ मा प्रकाशित | 655 views

नुवाकोट । बिदुर-३ बुधसिंघाट नुवाकोटमा रहेको श्री बुधसिंघाट कृषि सहकारी संस्था लि को १३ औं बार्षिक साधारणसभामा शरण राईको सभापतिमा बिदुर नगरपालिका वडा नं ३ वडा तथा कार्यपालिका सदस्य साबित्री राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिशेष अतिथि वडा सदस्य ईन्द्र प्रसाद अधिकारी,बाग्मति प्रदेश बिपद व्यवस्थापन बेस क्याम्प नुवाकोट प्रमुख प्रसनि गौरिशंकर साह, पुर्व शिक्षक हरि प्रसाद अधिकारी, चतुरमान तामाङ तथा जेष्ठ नागरिक ,समाजसेवीको अतिथिहरु उपस्थित साथ मन्तव्य राख्नु भएको थियो ।

सहकारीको आ.ब. २०८१/८२ को बार्षिक प्रतिबेदन संस्थाको सचीव रामशरण वस्तिबाट कुलि पुजिँ रु ३९ लाख ८५ हजार ३२२ सँगै आय-व्यव प्रस्तुत गर्नुभएको थियो। सहकारि बि.सं. २०६८ मा स्थापना भएको हो, महिला ३२ पुरुष ५७ गरि ८९ जना शेयर तथा बचत सदस्य रहेको छ । सहकारी संचालक समितिको रिक्त रहेको कोषाध्यक्ष मा दीपक ठकुरी रहनु भएको छ ।

सहकारी ले नियमित बचत तथा आवश्यक सानो सानो ॠण प्रवाह गर्दै गर्दै आईरहेको छ सहकारिले आवश्यक ऋण लाई आम्दानी हुने पशुपन्छि तरकारी खेतिमा ध्यान दिनुपर्ने संस्थाको अध्यक्ष शरण राईले बताउनु भएको छ ।

सहकारिको माध्यमबाट समाजमा स सानो रकम बचत गरि भबिष्यमा आईपर्ने समस्यामा केहि मद्दत पुग्ने र समान व्यवहार गरि दिगो बिकास गर्नुपर्ने संस्थाको सदस्य उषा श्रेष्ठले बताउनुभएको छ ।

सहकारिले कृषि तरकारी खेती ,पशुपालन मा स्थानीय तह सम्बन्धित सरोकारवाला सँग समन्वय गर्दै आत्मनिर्भर दिगो बिकासमा टेवा पुग्ने कार्यक्रम गर्ने लक्ष्य राखेको संस्थाको अध्यक्ष शरण राईले बताउनु भएको छ। उक्त कार्यक्रम संचालन ठाकुर प्र वस्ति(राजु) ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web