बर्षाको कारण उदयपुरमा दुईको मृत्यु

साउन १०, २०७३ मा प्रकाशित | 1027 views

१० साउन, उदयपुर ।
तीन दिन देखि परेको अभिरल बर्षाको कारण उदयपुरमा बालक सहित दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको पूर्वि गाविस रामपुरठोक्सिलास्थित गुहेखोलामा आएको बाढीले बगाएर सोमवार एक जना महिला र जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिएका छन ।

बाढीले बगाएर रामपुरठोक्सिला गाविस –२ खोरिया टोल बस्ने ४० बर्षिय कालिमाया राईको मृत्यु भएको हो त्यसैगरी तपेश्वरी गाविसमा स्कुल पढन हिडेको एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्ष १३ को रितु प्रधान रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ  ।

यस्तै जिल्लाको कटारी नगरपालिका वडा नम्बर ५ कल्याणपुरमा स्थानीय अमाहा खहरे गाउँमा पस्दा ३ दर्जन घर परिवारको घरमा क्षति पुराएको छ बाढी गाउँमा पसेको स्थानमा दिनभरी स्थानीयले कटारी नगरपालिका संग १० थान जाली माग गरी लगाएको कटारी नगरपालिकाका कार्यकारी अधिकृत पून्यप्रसाद पौडेलले बताए ।

त्यसैगरी बाढीले क्षति पुराएको कल्याणुरमा तत्काल थप क्षति रोक्न नगरपालिकाले १ थान स्काभेटर र १ थान जेसिबी प्रयोग गरेर खहरे रोक्न तटबाँध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web