तराईमा हुस्सु, पहाडमा आंशिक बदली हुने

पुस १८, २०८१ मा प्रकाशित | 225 views


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नसक्ने विभागले बताएको छ ।

विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web