अध्यक्ष अधिकारीद्वारा छापदाङमा ‘एक घर एक धारा’को उद्घाटन

पुस १२, २०८१ मा प्रकाशित | 350 views


तारकेश्वर । तारकेश्वर गाउँपालिका – ५, छापदाङमा लिभिङ वाटर नेपालद्वारा गाउँपालिकाको सहजीकरणमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत ७१ घरमा निर्माण गरिएको खनेपानी धाराको आज गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गर्नुभयो ।

घरघरमै धारा निर्माण भएपछि उत्साहित भएका छापदाङबासीले उद्घाटन कार्यक्रममा खुसी व्यक्त गरे ।

अध्यक्ष अधिकारीले आफु अध्यक्ष हुनुअघि पनि विभिन्न सामाजिक संघसंस्थासंग सहकार्य गरि सामाजिक कार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि नागरिकको सहजताका लागि यस्ता सामाजिक संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

उहाँले खानेपानीको स्थायित्वका लागि आवश्यक पर्ने रेखदेख र मर्मतसम्भारका लागि तत्काल रु. १ लाख ५० हजार बजेट विनियोजन गर्ने र एकजना पानी हेरालु (पाले) नियुक्त गर्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web