खड्गभन्ज्याङ महिला साना किसान सहकारी संस्थाको पाचौँ बार्षिक साधारणसभा सम्पन्न

पुस ७, २०८१ मा प्रकाशित | 590 views


नुवाकोट । खड्गभन्ज्याङ्ग महिला साना किसान सहकारी संस्था लि बिदुर ३ नुवाकोटको पाचौँबार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

सहकारीका अध्यक्ष साबित्री ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बिदुर नगरपालिका वडा नं ३ अध्यक्ष बद्री प्रसाद रिमालको प्रमुख आतिथ्य तथा बिदुर नगरपालिका सहकारी शाखा प्रमुख नानिमैया नेपाल ,नेपाल कृषि सहकारी केन्द्रिय संघ लेखा समिति सदस्य पबित्रा घिमिरे ,सानाकिसान लघु बित्तीय संस्थाको प्रतिनिधि नबिन न्यौपाने ,साना किसान कल्लेरि शाखाको मुख्य प्रबन्धक ज्ञान प्रसाद खतिवडा तथा वडा नं ३ सचिव ईश्वरी प्र. रिमाल तथा जन निर्वाचित प्रतिनिधि,स्थानीय सहकारि प्रतिनिधि,समाजसेवी तथा संस्थाको बचत तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सहकारीको आ.ब.२०८१/८२ को बार्षिक प्रतिबेदन प्रबन्धक चन्द्रकला खतिवडा ,लेखा समितिको प्रतिबेदन मैना रिमाल र संस्थाको बर्तमान र भाबि लक्ष्य प्रतिबेदन अध्यक्ष साबित्री ठकुरी ले प्रस्तुत गर्नु भएको थियो ।

संस्था बि.स.२०७६ सालमा स्थापना भए सँगै सहकारिले ५ औं बर्षसम्म बचत समुह १०५ वटा रहेको छ भने,६११ महिला ३ पुरुष गरि जम्मा ६१४ जना बचत तथा शेयर सदस्यहरु रहेको छ । सहकारीको चालु कुल पुजीँ ५ करोड ५ लाख ६६ हजार ४३७ रुपैया रहेको छ ।

सहकारिले स्थापनाको छोटो समयमा नै बिदुर ३ र ५ लाई क्षेत्र मध्यनजर गर्दै समुह स्थापित गर्दै आईरहेको छ, उक्त साधारणसभामा उत्कृष्ट बचत समुह, असल बचत/व्याज भुक्तानी सदस्य ,ऋणीलाई ससम्मान गरिएको प्रबन्ध चन्द्रकला खतिवडाले बताउनुभएको छ ।

सहकारी सानो सानो रकम बचत र आवश्यक कर्जा प्रवाह सदुपयोग गरि आत्मनिर्भर दिगो बिकासमा टेवा मा मेरुदण्ड रूपमा रहने अध्यक्ष साबित्रि ठकुरी ले बताउनु भएको छ ।

 

यस्तो छ सहकारी सञ्चालन अबस्था तथ्याङ्कमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web