
त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भइरहेको कार्यमा नगरप्रमुख राजन श्रेष्ठबाट भइरहेको समन्वय एंव सहजिकरण निकै प्रभावकारी रहेको भन्दै खानेपानी मन्त्री प्रदीप यादवले उच्च प्रशंसा गर्नुभएको छ ।
खानेपानी तथा ढल व्यवस्थापनको काम सामान्य जस्तो लागेपनि आम नागरिकको लागी यो निकै संवेदनशील विषय भएकाले यस कार्यमा देशभरमा रहेका पालिकाहरु मध्येमा विदुरमा नगरप्रमुख राजन श्रेष्ठको सक्रियता र लगनशीलता सबैभन्दा उत्कृष्ट लागेको उहाँले बताउनुभएको छ । नगरप्रमुखको सक्रियताबाट नै प्रभावित भएर मनोबल उच्च भएकाले आफू नगरप्रमुखको निमन्त्रणालाई सहजै स्वीकार गर्दै विदुर सहित नुवाकोटमा सञ्चालित योजनाहरु सम्पन्न गर्नको लागी सहयोग पुराउन आइपुगेको बताउनुभयो ।
विदुरमा निर्माणाधीन रहेको विदुर र त्रिशूलीको ढल निर्माणको लागी कामलाई सहज र छिट्टो गर्न नगरप्रमुखबाट भइरहेको कामको मन्त्रीबाट प्रशंसा गर्दै योजना पूरा गर्न लाग्ने बजेटको श्रोत सुनिश्चित गर्ने, विदुर नगरपालिका मार्फत सञ्चालन गरिने गदियाखोला खानेपानी योजना सुरु गर्न सहित अन्य योजनाको लागी बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउनुभएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत निमाण भइरहेको विदुर र त्रिशूली ढल निर्माणको दुई आयोजनाको निरीक्षक एवम् यसबाट सकलित हुने दिशा जन्य लेदो तथा ढल व्यवस्थापनको लागी मन्त्री यादवबाट निरीक्षण सहित आवश्यक निर्देशन दिइएको छ ।
यस क्रममा ढल प्रशोधन केन्द्र स्थापनाको लागी कारागारको नाममा रहेका ३० रोपनी जग्गा प्राप्ती गर्ने सहमति भएकाले यही वर्षमा प्रशोधन केन्द्र र उक्त केन्द्र मार्फत बायोग्याँस प्लान्ट निर्माणको लागी ठेक्का लगाउने मन्त्री प्रदीप यादवले प्रतिबद्धता जनाउनुभएको छ ।
विदुरमा निर्माणाधीन रहेको विदुर र त्रिशूलीको ढल निर्माणको कामको अनुगमन गर्न, अन्योल रहेको ढल प्रशोधन केन्द्र रहने स्थानको छनोट र त्यसको लागी बजेट सुनिश्चित गर्न, विदुर–८ स्थित सामरीखोलासम्म जाने सडक व्यवस्थितको लागी बजेट उपलब्ध गराउन, गदिया खोला मुहान गरेर खानेपानी योजना सञ्चालन गर्न, विदुर खानेपानी उपभोक्ता समिति मार्फत पानी ल्याएको बाँध स्थलको अनुगमन र त्यसको लागी बजेट सुनिश्चित गर्न, ‘सानो मेलम्ची’को रुपमा परिचित रहेको जिल्लाको विदुर नगरपालिका सहति सूर्यगढी र लिखु गाँउपालिकाबासी लाभान्वित हुने ड्वाचे खानेपानी योजना रुग्ण भएकाले त्यसलाई अघि बढाउनको लागी विदुरका नगरप्रमुख राजन श्रेष्ठको विशेष पहल एंव निमन्त्रणामा खानेपानी मन्त्री प्रदीप यादव विदुर आउनुभएको हो ।
विदुरका नगरप्रमुखले निकै चासो र सक्रियता देखाएर आयोजना सम्पन्न गर्न लाग्नुभएकाले आगामी दिनमा पनि आफू विदुरमा स्थलगत अवलोकन एंव निरीक्षण तथा थप निर्देशनको लागी आउन तयार गरेको समेत बताउनुभयो ।
विदुरबाट संकलन गरिने ढलबाट बन्ने बायोग्याँस कारागारमा प्रयोग गरिने :
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत निमाण भइरहेको विदुर र त्रिशूली ढल निर्माणको दुई आयोजनाको निरीक्षक एवम् यसबाट सकलित हुने दिशा जन्य लेदो तथा ढल व्यवस्थापनको लागी मन्त्री यादवबाट निरीक्षण सहित आवश्यक निर्देशन दिइएको हो ।
विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर बायोग्याँस उत्पादन गर्ने लक्ष्य सहित भइरहेको कामको पछिल्लो प्रगति सन्तोषजनक भएपनि निर्माणको गति थप तिव्र बनाउन उहाँले निर्देशन दिनुभयो ।
“ढल प्रशोधन सहित केन्द्रीय कारागारको लागि बायोग्याँस उत्पादन गर्ने संरचना निर्माणको स्थलगत अवलोकनमा प्रगति सन्तोषजनक देखिएपनि थप चरणका काम अघि बढाउन उत्पन्न समस्या समाधानको पहल सकारात्मक भएको छ ।” मन्त्री यादवले भन्नुभयो “विदुर नगरपालिकाको विभिन्न वडाबाट संकलन हुने दिशाजन्य लेदो र ढल व्यवस्थापनको लागी सरकारी जग्गा प्राप्ती र त्यसबाट बायोग्याँस उत्पादनको लागी गुरु योजना अनुरुप काम अघि बढाउने समझदारी भएको छ ।”
स्थलगत निरीक्षण पश्चात मन्त्री यादव, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठ सहित सरोकारवाला सहभागी बैठकबाट ढल व्यवस्थापनको लागी केन्द्रीय कारागारले जग्गा उपलब्ध गराउने, सो स्थानमा उत्पादन गरिने बायोग्याँसको उपभोग कारागारले गर्ने र उक्त बायोग्याँस प्लान्ट विदुर नगरपालिकाले सञ्चालन एवम् व्यवस्थापन गर्ने सहमति गरिएको हो । उक्त सहमतिसगैँ ढल–नालीको पाइपलाइन विस्तार भइरहेपनि अन्योल रहेको ढल प्रशोधन केन्द्रको स्थान छनोटको समस्या समाधान भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठको अनुसार विदुर ढल निर्माण आयोजनाको लागी पहिलो चरणमा रु ४५ करोड ४२ लाखमा ठेक्का लगाइएको छ । त्रिशूली ढल निर्माण आयोजनाको लागी रु ६२ करोड ३४ लाखमा ठेक्का लगाएर काम भइरहेको छ । उक्त कार्य विसं.२०७९ पुसदेखि सुरु भएर हाल निर्माण जारी छ ।
संकलित हुने दिशाजन्य लेदो एवम् ढलको व्यवस्थापनको लागी प्रशोधन केन्द्र बनाउन केन्द्रीय कारागारले उपलब्ध गराउने ३० रोपनी जग्गामा बायोग्याँस प्लान्ट बनाउन थप बजेटको श्रोत सुनिश्चित हुन बाँकी नै छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

18.43¡ÆC