पुस अन्तिम हप्तादेखि पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै ल्याउने निगमको तयारी

पुस ६, २०८१ मा प्रकाशित | 191 views


काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम हप्तादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरेको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । अहिले ती संरचनाको गुणस्तर परीक्षणको काम भइरहेको छ ।

ट्याङकरको तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै सुरक्षित मानिन्छ । पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन बिस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web