अध्यक्षसँग बा-आमा तथा छोराछोरी भेटघाट कार्यक्रम सम्पन्न

पुस ६, २०८१ मा प्रकाशित | 206 views


तारकेश्वर । तारकेश्वर -४, नेवार पानी स्थित श्री सरस्वती आधारभूत विद्यालयको ६५औं वार्षिकोत्सवसँगै गाउँपालिका अध्यक्षसँग बा-आमा तथा छोराछोरी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले अघिल्लो वर्ष आफूले घाेषणा गरेअनुरूप घेराबार निर्माणका लागि बजेट निकासा भइसकेको र गाउँपालिकाको सहयोगमा अतिरिक्त शिक्षकको व्यवस्था भइसकेको स्मरण गर्दै अब तत्कालै खानेपानीको व्यवस्था गर्ने, बालबालिकाका लागि प्ले स्टेसन निर्माण गरी खेलकुद सामग्रीको व्यवस्था गर्ने र कार्यालय प्रयोजनका लागि फर्निचर, कार्यालय सामग्री,एक थान साउण्ड सिस्टम र एक थान कम्प्युटर सहयोग गर्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web