नेपालमा ‘मङ्कीपक्स’ का सम्भावित सङ्क्रमित भेटिए

पुस ५, २०८१ मा प्रकाशित | 216 views


काठमाडौँ । नेपालमा एक जना ‘मङ्कीपक्स’ का सम्भावित सङ्क्रमित भेटिएका छन् । मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । साउदी अरबबाट फर्किएका ती नेपाली नागरिक हुन् ।

यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि मङ्कीपक्स पुष्टि भएको थियो । तर नेपालीलाई मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको यो पहिलो पटक हो । टेकु अस्पतालका एक जना डाक्टरका अनुसार ती बिरामीको अवस्था सामान्य नै छ ।

मङ्कीपक्स एक सरुवा रोग हो । मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा थुकको छिटा, मुखलगायतको माध्यमबाट सर्ने गर्छ । सरुवा रोग विशेषज्ञका अनुसार ज्वरो आउनु, चिसो लाग्नु, टाउको र मांसपेशी दुख्नु, थकान महसूस हुनु, लिम्फ नोडहरू सुन्निनु लगायत मङ्किपक्सका प्रारम्भिक वा सामान्य लक्षण हुन् ।

कतिपय अवस्थामा अनुहारबाट शुरू भई हात–खुट्टासम्म फैलिने दागहरू विकास हुने गर्छ । केही बिरामीमा थोरै घाउ तथा हल्का पीडा महसूस भए पनि केही बिरामीमा शरीरभरि दाना तथा गम्भीर लक्षण देखिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web