रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

मंसिर २५, २०८१ मा प्रकाशित | 300 views


काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति बा १६च ३१६२ नम्बरको जीप दुर्घटना भएको हाे । जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web